गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती पाका नेतालाई स्वतन्त्र युवा उम्मेदवारको चुनौती दीप संञ्चार असोज २८, २०७९ गते ७:४० मा प्रकाशित ठुला राजनीतिक दलका पाका नेताहरूको उम्मेदवारी दोहोरिएका बेला स्वतन्त्रबाट थुप्रै युवा उम्मेदवार चुनावी मैदानमा आएका छन् ।संघीयता कार्यान्वयनपछि दोस्रोपटक मंसिर ४ मा हुन लागेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनाव भिड्दैछन् ।प्रतिनिधिसभाका १६५ सिटका लागि कुल २ हजार ४१२ उम्मेदवार चुनावी मैदानमा उत्रिंदा स्वतन्त्रबाट युवा उम्मेदवार ३६ प्रतिशत छन्। पञ्चायतकालदेखि नै चुनाव लड्दै आएका नेताहरूसमेत प्रतिस्पर्धामा होमिएका बेला उनीहरूलाई स्वतन्त्र युवा उम्मेदवारले चुनौती दिएका छन् ।नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय जनमोर्चालगायत दलहरूले पाका नेताहरूलाई प्राथमिकता दिएका छन् । प्रमुख भनिएका राजनीतिक दलहरूले युवाका माग सम्बोधन गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका हुन्।‘युवाहरूले देशको नेतृत्व लिनुपर्छ भन्ने सन्देशसहित देशभरिबाट प्रतिनिधिसभाका लागि कुल उम्मेदवारको एक तिहाइ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। प्रतिनिधिसभा सदस्य बन्ने मनोकांक्षा बोकेर ८६७ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा आउँदा उनीहरूमध्ये आधाजति २५ देखि ४० वर्ष उमेर समूहका छन् ।तीमध्ये ३६० जना ४१ देखि ६० वर्ष उमेर समूहका छन् । ७१ देखि ८५ सम्मका ८६ जना स्वतन्त्र उम्मेदवार छन् । स्वतन्त्र महिला उम्मेदवार ७७ जना छन् । स्वतन्त्रमा सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला उम्मेदवार छन् । यो समाचारनागरिक दैनिकमाछ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #प्रतिनिधिसभा निर्वाचन, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न