गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ प्रतिद्वन्द्वीसँग सहकार्य गरेर चुनाव जित्ने दाउमा देउवा प्रतिद्वन्द्वीसँग सहकार्य गरेर चुनाव जित्ने दाउमा देउवा दीप संञ्चार असोज ३०, २०७९ गते ७:५४ मा प्रकाशित सत्तारुढ गठबन्धनका मुख्य नेतासमेत रहेका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तीन पटक आफूसँग पराजित माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टसँग सहकार्य गरेर चुनावी मैदानमा उत्रिएका छन् । डडेल्धुरामा गठबन्धन नगरेर स्वच्छ प्रतिस्पर्धा गर्ने नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय विपरित पछिल्ला तीन पटकका निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी रहेका भट्टलाई प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’बाट गठबन्धनको उम्मेदवार बनाएका प्रधानमन्त्री देउवाले माओवादीसँग सहकार्य गरेर चुनाव जित्ने रणनीति बनाएका हुन् । प्रधानमन्त्री देउवाले मात्रै होइन, उनीसँग प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेस ९विपी०का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पनि २०७४ सालको निर्वाचनमा आफूसँग प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा झिनो मतले पराजित डा तारा जोशीसँग सहकार्य गरेका छन् ।शनिबार संयुक्त पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस ९विपी० का तर्फबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार मल्ल र सत्तारुढ गठबन्धनबाट टिकट नपाएपछि विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेकपा ९एकीकृत समाजवादी० का केन्द्रीय सदस्य डा जोशीले चुनावी तालमेल गरेर प्रधानमन्त्री देउवा नेतृत्वको गठबन्धनलाई पराजित गर्ने उद्घोष गरेका छन् । यो खबर आजको नेपाल समाचारपत्रमाप्रकाशित छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न