गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ ‘प्रमुख दलकै कमजोरीले नयाँ शक्तिको उदय’ दीप संञ्चार मंसीर १६, २०७९ गते ९:३७ मा प्रकाशित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रमुख दलहरूकै कमजोरीका कारण स्वतन्त्र पार्टीलगायतका नयाँ शक्तिहरूको उदय भएको बताउनुभएको छ। नेपाल प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नयाँ शक्तिको उदयलाई आफूले गम्भीर रूपमा लिएको धारणा राख्नुभयो।उहाँले भन्नुभयो, “युवाको जोश र पुरानाको अनुभवलाई मिलाएर देश चलाउनुपर्छ। नयाँ शक्तिहरूको आगमनलाई मैले गम्भीरतापूर्वक लिएको छु। नयाँ शक्तिको आगमन हाम्रा कमी कमजोरीका कारणले भएको असन्तुष्टिको सन्देश भनेर मैले बुझेको छु।”रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टीलगायतका नयाँ पार्टीले अहिले पाएको जनमतलाई उहाँले प्रमुख दलहरूप्रतिको असन्तुष्टिका रूपमा लिएको बताउनुभयो। अब जनतामा देखिएको असन्तुष्टि समाधानका लागि आउने दिनमा बन्ने नयाँ सरकारले जनपक्षीय काम गर्नुपर्ने उहाँको धारणा थियो।उहाँले पुसको पहिलो साताभित्र नयाँ सरकार गठन हुने पनि जनाउनुभयो। बाम लोकतान्त्रिक गठबन्धनकै सरकार बन्ने र त्यसको नेतृत्व आफूले गर्ने उहाँले दाबी गर्नु्भयो। कांग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्ने उहाँको धारणा छ। यसो हुँदा त्यसको नेतृत्व आफूले पाउनुपर्ने स्वाभाविक माग भएको बताउनुभयो।उहाँले भन्नुभयो, “गठबन्धनको बहुमत पुगेको छ। गठबन्धनको सरकार बन्छ। दलहरूबीच सल्लाह हुँदैछ। अबको सरकारको नेतृत्वमा मेरो दाबेदारी स्वाभाविक रहनेछ। म प्रधानमन्त्रीको स्वाभाविक उम्मेदवार हुँ।” आफूलाई प्रधानमन्त्री बनाउन सभापति शेरबहादुर देउवालगायतका नेताहरू सकारात्मक रहेको पनि उहाँले बताउनुभयो।गोरखापत्र अनलाइन क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न