गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान अफगानिस्तानको आकाश नछोई अमेरिका गयो मोदी सवार विमान दीप संञ्चार असोज ६, २०७८ गते २०:२४ मा प्रकाशित काठमाडौँ –अमेरिका भ्रमणका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुधबार विमानमा त्यसतर्फ प्रस्थान गरेका छन्। तर उनको विमान अफगानिस्तानको आकाश भएर गएन। सुरक्षाका कारण यस्तो निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतबाट सीधै अमेरिका उडानका लागि पास्कितानको हवाई मार्ग प्रयोग गरेका हुन्।अफगानिस्तान कब्जा गरेपछि तालिबानले गत अगस्ट १६ देखि आफ्नो हवाई मार्ग (आकाश) मा व्यावसायिक उडान प्रतिबन्ध लगाएको थियो। त्यसपछि भारत सरकारले आफ्ना हवाई सेवा कम्पनीहरूलाई अफगानिस्तानको हवाई मार्ग प्रयोग नगर्न सूचना जारी गरेको थियो।प्रधानमन्त्री मोदीसँग विशेष विमानमा एनएसआई अजित डोभाल, विदेश सचिव हर्षवर्धन शृंगलासहित सरकारका उच्च अधिकारी अमेरिका गएका छन्। सरकारी स्रोतका अनुसार प्रधानमन्त्री मोदीको उडानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोगका लागि अनुमति मागिएको थियो।खासमा भारतबाट अमेरिका जाने हवाई रुट पाकिस्तान र अफगानिस्तान भएर जान्छ। यसपछि विमान ताजिकिस्तानको सीमास्थित नर्थ एटलान्टिक महासागरमाथि भएर उड्छ।प्रधानमन्त्री मोदीको विशेष विमान नयाँ दिल्लीबाट सीधै अमेरिका उड्दा १५ घण्टा लाग्छ। तर अफगानिस्तानको आकाश प्रयोग नगर्दा केही समय बढी लाग्नेछ।अमेरिकामा आयोजना हुने क्वाड शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी त्यसतर्फ गएका हुन्। त्यहाँ उनले अमेरिकाका राष्ट्रपति जो बाइडेन, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसन र जापानका प्रधानमन्त्री योसिहिदे सुगालगायत सँग भेटवार्ता गर्नेछन्।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न