गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले उपहारमा पाएको घडी बेचेपछि हंगामा दीप संञ्चार कात्तिक ४, २०७८ गते २०:४७ मा प्रकाशित काठमाडौँ –पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विदेशबाट पाएको उपहार बेचेको घटना सार्वजनिक भएपछि हंगामा भएको छ ।खाडी मुलुकका एक राजकुमारले इमरानलाई १० लाख डलर पर्ने घडी उपहार दिएका थिए । त्यसलाई उनले गोप्य रूपमा बेचेपछि विपक्षी दलहरूले उनको कठोर आलोचना गरेका छन् ।प्रधानमन्त्रीले विदेशी उपहार बेचेर सरकारी कोषमा घात गरेको आरोप विपक्षीहरूले लगाएका छन् । विदेश भ्रमणमा राष्ट्रप्रमुख तथा संवैधानिक पदमा रहेका अधिकारीहरूबीच उपहार आदानप्रदान हुने गरेको छ । त्यसरी पाएको उपहार सरकारी कोषमा रहिरहन्छ । सरकारले चाहेमा पछि त्यसलाई लिलाम बिक्री गर्न सक्छ ।पूर्व प्रधानमन्त्री नवाज शरीफकी छोरी तथा पीएमएल–एनकी उपाध्यक्ष मरियम नवाजले ट्वीट गरी लेखिन्, ‘इमरान खानले अन्य देशबाट प्राप्त उपहार बेचेका छन् । खानले सरकारी कोषबाट विदेशी उपहार लुटे । कुनै व्यक्ति यति असंवेदनशील, बहिरो, लाटो र अन्धो कसरी हुन सक्छ ?विपक्षी गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्टका अध्यक्ष फजलुर रहमानले राजकुमारबाट प्राप्त महंगो घडी प्रधानमन्त्री खानले बेचेको खबर पाएको र यो लज्जास्पद भएको बताए ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा