गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा यस्तो मजाक ! फेसबुकले नाम परिवर्तन गरेपछि ट्विटरमा यस्तो मजाक ! दीप संञ्चार कात्तिक १४, २०७८ गते ९:०२ मा प्रकाशित काठमाडौँ –फेसबुकले कम्पनीको नाम परिवर्तन गरेपछि सामाजिक सञ्जालका प्रयोगकर्ताले व्यंग्य गर्न थालेका छन् । कम्पनीले नाम परिवर्तन गरेर मेटा राखेपछि ट्विटर प्रयोगकर्ताले मजाक गरेका छन् ।एक प्रयोगकर्ताले नयाँ नाम लागूऔषध जस्तो लागेको प्रतिकृया दिएका छन् । ‘तपाई मेटामा हुनुहुन्छ भनेर कसैलाई कसरी भन्न सक्नुहुन्छ रु मेटाको आवाज नै लागूऔषध जस्तो छ,’ केयर अवेर अकाउन्टमा फ्रान्सिन जिविट लेख्छन् ।नयाँ नाम जोकजस्तै सुनिएको केही प्रयोगकर्ताको प्रतिकृया छ । कम्पनीले फेसबुकको नाम रिब्रान्ड गरेको देख्दा आफूलाई दिक्क लागेको उनीहरुको भनाई छ । ‘फेसबुकले किन मेटा नाम राख्यो रु सायद कुनै जोश नभएर होला रु’ मेक्सगफ नामका ट्विटर प्रयोगकर्ता टिप्पणी गर्छन् ।फेसबुकले नाम परिवर्तनबारे ट्विटरमा गरिएको बहस आफैमा मेटा भएको केहीले व्यंग्य गरेका छन् । जोन रस लेख्छन्, ‘फेसबुकमा पोस्ट गरिएका हरेक बिषय आफैमा मेटा हुन् । ’इजरायल र प्यालेस्टायनमा हेब्रु समुदायले मेटाको अर्थ मृत भन्ने बुझिन्छ । फेसबुकले नाम परिवर्तन गरेपछि एउटा चिहानको तस्विर सामाजिक सञ्जालमा सेयर गरिएको थियो ।नाम परिवर्तनप्रति धेरैले असन्तुष्टि देखाएका छन् । एक प्रयोगकर्ताले एनबीए खेलाडी मेटा वल्र्ड पिसको तस्बिर पोस्ट गर्दै अगाडि लेखेका छन्, ‘हामीलाई थाहा भएको मेटा यही हो ।’म्याट ओस्वाल्ट अगाडि लेख्छन्, ‘मेटा भनेको मैले विद्यालय पढ्दा मलाई असाध्यै मन पर्ने केटीको नाम हो । धेरै समयपछि उनले खोपबिरोधी लिंक पोस्ट गरेको देखे ।’-एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा