गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउन प्रतिबन्ध बिल गेट्सले ६६औं जन्म दिन, पार्टीमा फोन चलाउन प्रतिबन्ध दीप संञ्चार कात्तिक २८, २०७८ गते १४:३३ मा प्रकाशित काठमाडौँ विश्वका धनाढ्यमध्येका एक तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले आफ्नो जन्म दिन भव्य तरिकाले मनाएका छन् । गेट्सको ६६औं जन्म दिनमा विश्वकै धनाढ्य तथा अमेजनका संस्थापक जेफ बेजोससमेत सहभागी भएका छन् ।जन्म दिन मनाउन गेट्स एउटा महंगो सुपरयाचमा चढेर टर्कीको तटीय क्षेत्र पुगेका थिए । गेट्स सवार सुपर याचका लागि एक सातामा २० लाख डलर खर्च लाग्छ । याचमा जिम, क्लब, स्विमिङ पुललगायतको सुबिधा छ ।गेट्स फजुल खर्चका कारण विवादमा तानिएका छन् । उनको जन्म दिन मनाउन ठूलो रकम खर्चेर सहभागी भएका अर्बपति जेफ बेजोसको पनि आलोचना भएको छ । गेट्को जन्म दिन मनाउन बेजोस शुक्रबार हेलिकप्टर चढेर कार्यक्रम स्थल पुगेका थिए ।टर्कीको तटमा रहेको बोर्डुममा आयोजित पार्टीमा जम्मा ५० अतिथिलाई बोलाइएको थियो । पार्टीमा गेट्सका केही आफ्न्त र अधिकांश धनाढ्य सहभागी थिए । पार्टी चार घन्टासम्म चलेको थियो । पार्टीमा स्याम्पेन, सुसी, पिजा र स्थानीय सीफुड वितरण गरिएको थियो ।जन्म दिन मनाइरहेको स्थानमा त्यहाँ काम गर्ने व्यक्तिलाई फोन प्रयोग गर्न रोक लगाइएको थियो । सहभागीको गोपनियतालाई मनन गर्दै मोवाईल प्रयोगमा रोक लगाइएको थियो ।जलवायु परिवर्तनबारे बेलायतको ग्लास्गो सहरमा विश्व सम्मेलन भइरहेका बेला गेट्सको महंगो पार्टी विवादमा तानिएको छ । कार्बन उत्सर्जन कटौती गर्न बेजोस र गेट्सले विश्वव्यापी अभियान नै चलाएका छन् । गेट्स र बेजोस सवार याच र हेलिकोप्टरले ठूलो परिमाणमा हरितगृह ग्यास उत्सर्जन गरेको छ ।पार्टी सकिएपछि बेजोस फेरि हेलिकप्टरमै भएर फर्किएका थिए । -एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा