गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’ ‘बेलायत पढ्ने नेपालीलाई रोजगारीमा सहज’ दीप संञ्चार कात्तिक २८, २०७८ गते २१:१९ मा प्रकाशित काठमाडौँ –संयुक्त अधिराज्य बेलायतमा पढ्ने नेपाली विद्यार्थीलाई अन्य मुलुकको तुलनामा शिक्षासँगै रोजगारीमा सहजता हुने गरेको जनाइएको छ ।बेलायत र आयरल्यान्डमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीका लागि परामर्श सेवा गर्दै आएको आएआई–युकेले बेलायती शैक्षिक प्रदर्शनी–२०२१ बारे जानकारी दिन आज आयोजना गरेको पत्रकार सम्मेलनमा त्यहाँ विद्यार्थीको शैक्षिक गुणस्तर र उत्तीर्ण दर पनि राम्रो भएको जनाइयो ।उक्त संस्थाका राष्ट्रिय निर्देशक विनय अधिकारीले बेलायतमा पढिसकेपछि दुई वर्षको कार्य अनुमति ९टियर ४ भिसा० दिने गरेको र टियर २ भिसामा परिवर्तन गर्न हालै केही नियमहरु परिवर्तन भएको जनाउँदै त्यसबारे आफूहरुले परामर्श दिएको बताए । उनले आगामी मङ्सिर ५ गते पुतलीसडकस्थित आएआई–युकेको कार्यालयमा बेलायती शैक्षिक प्रदर्शनी–२०२१ आयोजना गर्ने र सोका लागि विद्यार्थीहरुको आवोदन खुल्ला गरिएको जानकारी दिए ।सो संस्थाका राष्ट्रिय व्यवस्थापक शिशिर रेग्मीले मेलामा विद्यार्थी र अभिभावकले एकै हातामा बेलायतको शैक्षिक प्रणाली, अध्ययनका लागि लाग्ने अनुमानित लागत, पाउन सक्ने अवसर र चुनौतीबारे बेलायती शैक्षिक संस्थाका प्रतिनिधिकै उपस्थितिमा जानकारी लिन सक्ने बताए ।राससक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा