गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ताइवानसँग सम्बन्ध तोडेको ३ दिनपछि निकारागुआले पायो २ लाख डोज खोप ताइवानसँग सम्बन्ध तोडेको ३ दिनपछि निकारागुआले पायो २ लाख डोज खोप दीप संञ्चार मंसीर २७, २०७८ गते १९:१९ मा प्रकाशित काठमाडौँ ताइवानसँग कूटनीतिक सम्बन्ध तोडेपछि निकारागुवाले चीनबाट २ लाख डोज कोभिड खोप पाएको छ । सिनोफार्म खोपको २ लाख डोज बोकेर एयर चाइनको एउटा विमान निकारागुआाको राजधानी सहर मनगुवा उत्रिएको छ ।‘हामीले चीनबाट सहयोगस्वरुप २ लाख डोज खोप ल्याएका छौ,’ निकारागुवाका राष्ट्रपतिका छोरा लाउरेनो ओर्टेगाले भने । बेइजिङसँग सम्बन्ध पुर्नस्थापना भएकोमा आफूहरुलाई खुसी लागेको निकारागुआका अधिकारीहरुले बताएका छन् ।अहिले निकारागुआका जम्मा ३८ प्रतिशत मानिसहरु पूर्ण खोप लगाएका छन् । त्यस्तै, ६७ प्रतिशतले एउटा डोज मात्र खोप लगाएका छन् ।निकारागुवाले तीन दिनअघि ताइवानसँगको कूटनीतिक सम्बन्ध तोडेको थियो । निकारागुआ ताइवानसँग कूटनीतिक सम्बन्ध तोड्ने अन्तिम देश हो।निकारागुआको कदमलाई चीनले स्वागत गरेको थियो। आफूसँग कूटनीतिक सम्बन्ध राख्ने जुनसुकै देशले पनि ताइवानसँगको सम्बन्ध तोड्नुपर्ने बताउँदै आएको छ।अमेरिकी विदेश मन्त्रालयले आइतबार ताइवानसँगको सम्बन्ध विस्तार गर्न अन्य देशहरुलाई आह्वान गरिरहेका बेला निकारागुआको पछिल्लो घोषणा आएको हो।ताइवानलाई बेइजिङले आफूबाट टुक्रिएर रहेको एउटा प्रान्तको रुपमा हेर्ने गरेको छ। तर, ताइवानले भने आफूलाई एउटा स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न प्रजातान्त्रिक देशको रुपमा व्यवहार गर्दै आएको छ।सन् २०१६ मा राष्ट्रपति साइ इङ वेन राष्ट्रपति बनेपछि छिमेकी देशहरुले एकपछि अर्को गरी कूटनीतिक सम्बन्ध तोड्दै आएका छन्।एजेन्सीक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट