गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुसी सेनाको घेराबन्दीमा युक्रेन रुसी सेनाको घेराबन्दीमा युक्रेन दीप संञ्चार पुस २८, २०७८ गते १६:३८ मा प्रकाशित एजेन्सी – १ लाखभन्दा बढी रुसी सेनाले यूक्रेनलाई तीनतर्फबाट घेरेर राखेको अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।रुसी घेराबन्दी र यूक्रेनमा हमलाको आशंकाबीच जेनेभामा रुस र अमेरिकाबीच भइरहेको वार्तामा गतिरोध आएको थियो । रुसी उप विदेश मन्त्री रायबाकोभले अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मलाई एक सुत्रे सर्त राखेका थिए । रुसका अनुसार उसको चासो अमेरिकाले यूक्रेनलाई सैन्य संगठन नाटोमा समावेश नगरोस् भन्ने नै हो ।रुस नाटो सेनालाई आफ्नो ढोकाबाट पर राख्न चाहन्छ । उता अमेरिकाले युक्रेनलाई नाटो सेनामा समावेश गर्ने बारेमा कुनै प्रतिबद्धता जनाएको छैन । रुसी सेनाले यूक्रेनलाई पूर्वी क्षेत्रको सोलोटी र बोगुचार, उत्तरी क्षेत्रमा पोचेपबाट घेरेर राखेको छ । सैन्य विशेषज्ञका अनुसार रुस लगातार यूक्रेनको सीमामा आफ्नो सैन्य उपस्थितिलाई बढाउँदै गरेको छ । अतिरिक्त सैनिक पनि तैनाथ गरिएको छ ।यदि युद्धको स्थितिमा अमेरिकाले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएमा यसको फाइदा चीनलाई हुने छ । अमेरिका यो चाहँदैन । अमेरिका सीधा युद्धमा समावेश हुन चाहँदैन । उता पहिले पूर्वी यूक्रेन पुटिनको समर्थनमा रहेको थियो । २०१४ मा रुसले क्राइमियामा हमला गरेपछि स्थिति फेरिएको छ । यूक्रेनका जनता अब रुस विरोधी सरकारलाई निर्वाचित गराउँदै आएका छन् । प्रतिबन्धको स्थितिमा रुसले प्रतिक्रियाको रूपमा युरोपमा ग्यासको आपूर्ति रोक्न सक्छ । यसमा अमेरिकाको सहयोगी युरोपेली देश प्रभावित हुनेछन् । युरोपको ४० प्रतिशत ग्यास आपूर्ति रुसबाट हुँदै आएको छ । क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ५हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा