गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा रुस र युक्रेनबीच युद्धको खतरा : ८ हजार ५०० अमेरिकी सेना ‘हाई अलर्टमा दीप संञ्चार माघ ११, २०७८ गते ८:१८ मा प्रकाशित एजेन्सी -रुस र युक्रेनबीच युद्धको खतरा लगातार बढ्दै गइरहेको छ । यसलाई मध्यनजर गर्दै अमेरिकी रक्षा विभाग पेन्टागनले ८ हजार ५ सय अमेरिकी सैनिकलाई पूर्वी युरोपमा तैनाथ गर्नका लागि हाईअलर्ट राखेको छ । पेन्टागनका प्रवक्ता जोन किर्बीले यसमा कम्ब्याट टोली, स्वास्थ्यकर्मी, गुप्तचर र सर्भेलेन्ट टिमका सदस्य सामेल रहेको जानकारी दिएका छन् ।किर्बीले भने, अहिलेसम्म यी सैनिकहरूलाई तैनाथीको आदेश वा कुनै मिसन दिइएको छ । यद्यपि, पूर्वी युरोपमा नेटोलाई मजबुत गर्नका लागि अमेरिकी सैनिक तैनाथ गर्न सकिन्छ । युरोपमा अतिरिक्त अमेरिकी सैनिक तैनाथ गर्ने कुरा नेटोको फैसलामा हुनेछ ।बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमाथि हमला गरे गम्भीर नतिजा भोग्नुपर्ने चेतावनी दिएका छन् । रुसी सेनाले आयरल्याण्डको तटबाट मात्र १५० माइल टाढा सैन्य अभ्यास गर्ने घोषणा गरेपछि जोन्सनको यस्तो बयान आएको हो । रुसले एटलान्टिक, प्रशान्त र भूमध्यसागरमा आफ्ना १४० युद्धपोतको अभ्यास गर्ने घोषणा गरेको थियो ।यता, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले युक्रेन र रुसबीचको तनाव कम गर्नका लागि राजनीतिक संवाद सुरु गर्न आग्रह गरेका छन् । उनले युद्धको साटो छलफलबाट समस्या समाधान गर्न अपिल गरेका हुन् ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा