गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार उडेको विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार दीप संञ्चार माघ ११, २०७८ गते ८:३१ मा प्रकाशित एजेन्सी -दक्षिण अफ्रिकाबाट उडेको एउटा विमानको पाङ्ग्रामा लुकेका व्यक्तिको जीवितै उद्धार भएको छ । एउटा मालवाहक विमानको पाङ्ग्रा भएको भएको सानो भागमा लुकेर बसेका व्यक्तिलाई डच प्रहरीले एम्स्टर्ड्यामस्थित स्किपोल विमानस्थलमा उद्धार गरेको बीबीसीले उल्लेख गरेको छ ।दक्षिण अफ्रिकाको जोह्यानिस्बर्गबाट एम्स्टर्ड्यामको उडानका लागि ११ घण्टा लाग्छ। कार्गो विमान केन्याको राजधानी नाइरोबी हुँदै एम्स्टर्ड्याम पुगेको थियो ।११ घण्टा बढी समयको उडानमा रहेको विमानको बाहिरी भागमा लुकेका व्यक्ति जीवित भेटिनुलाई अन्तर्राष्ट्रिय सञ्चार माध्यमले असामान्य भनेका छन् ।निक्कै माथि पुगेपछि अक्सिजनको मात्रा र तापक्रम घट्ने हुँदा लामो उडानमा रहेको विमानको बाहिरी भागमा मानिस जीवित हुने सम्भावना कम हुन्छ ।प्रहरीले ती व्यक्तिको उमेर र उनी कुन देशका नागरिक हुन् भन्ने पत्ता लागि नसकेको बताएको बीबीसीले लेखेको छ । ती व्यक्ति जीवित हुनुलाई भने प्रहरीले अद्भूत विषय भनेको छ ।विमान ल्याण्ड भएपछि विमानस्थलमा फेलाका ती व्यक्तिको शरीरको तापक्रम बढाइएको थियो। त्यसपछि उनलाई अस्पताल पठाइएको छ ।कार्गो विमान कम्पनी कार्गोलक्सकी एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई इमेलमार्फत् कार्गोलक्स इटालियाले सञ्चालन गरेको विमानमा ती व्यक्ति लुकेर आएको पुष्टि गरेकी छन्।आइतबार जोह्यानिस्बर्गबाट स्किपोल उडेको कार्गोलक्सको मालवाहक विमान नाइरोबीमा रोकिएकाले ती व्यक्ति कहाँबाट पाङ्ग्रामा बसे भन्ने पुष्टि भइसको छैन ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #Breakig, #उद्धार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न