गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाले भन्यो – रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो अमेरिकाले भन्यो – रुसले युक्रेनको सीमाबाट सैनिक हटाएको दाबी झुटो दीप संञ्चार फागुन ५, २०७८ गते ९:१५ मा प्रकाशित एजेन्सी – युक्रेनको सीमाबाट आफ्नो सेना हटाएको भन्ने रुसको दाबी ‘गलत’ भएको अमेरिकी अधिकारीहरूले बताएका छन् । बरु पछिल्ला केही दिनमा थप ७ हजार सैनिक थपिएको अमेरिकाको भनाइ छ । युक्रेनलाई कुनै पनि समयमा ‘आक्रमण’ गर्नका लागि यस्तो हल्ला फिँजाइएको ती अधिकारीको दाबी छ ।सैन्य अभ्यास सकिएको बताउँदै मस्कोले सीमा क्षेत्रबाट आफ्नो सैनिकहरू हटाउन सुरु गरेको बताएको थियो । तर पश्चिमा राष्ट्रहरूले भने रुसको सो दाबीलाई समर्थन गर्ने कुनै पनि प्रमाण फेला नपारेको जिकिर गरेका छन् ।‘हिजो रुस सरकारले युक्रेनको सीमाबाट सैनिक हटाउन थालेको बताएको थियो,’ ह्वाइट हाउसका एक शीर्ष अधिकारीले पत्रकारहरूसँग बुधबार भने, ‘उक्त दाबी पछि उनीहरूले विश्वकै ध्यान खिच्न सफल पनि भए । तर, अहिले हामीले थाहा पायौँ कि त्यो दाबी गलत रहेछ ।’पश्चिमा राष्ट्रहरूले रुसमाथि युक्रेनलाई हमला गर्न लागेको आरोप लगाउँदै आएका छन् । रुसले त्यसैका लागि युक्रेनको सीमामा १ लाख बढी सैनिक तैनाथ गरेको उनीहरूको भनाइ छ । तर रुसले भने ती आरोपहरूको खण्डन गर्दै आइरहेको छ । रुसले पश्चिमा राष्ट्रको सो दाबीलाई ‘हिस्टेरिया’ को संज्ञासमेत दिएको छ ।बीबीसीक्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #युक्रेन तनाव तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा