Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारयुक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार

युक्रेनसँग दोस्रो चरणको शान्तिवार्ताका लागि रुस तयार


एजेन्सी -रुसले दोस्रो चरणको शान्तिवार्ताका लागि तयार रहेको जनाएको छ । युक्रेनमाथि आक्रमण गरिरहेको रुसले युक्रेनी प्रतिनिधिहरूसँग दोस्रो चरणको शान्तिवार्ता गर्न आफू तयार रहेको जनाएको हो ।

यसअघि बेलारुसमा पहिलो चरणको वार्ता भएको थियो तर उक्त वार्ता सफल हुन सकेको थिएन । क्रेम्लीनका प्रवक्ता डिमित्री पेस्कोभले रुसी प्रतिनिधि उपलब्ध रहेको बताएका हुन् ।

राष्ट्रपति पुटिनका सहयोगी भ्लादिमिर मेदिन्स्की फेरि पनि रुसका तर्फबाट प्रमुख वार्ताकार हुने विवरणहरूमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपतिका सल्लाहकारले भने कुनै प्रगति हुनेबारे निराशा व्यक्त गरेका छन् । उनले युक्रेन आफ्नो अडानमा कायमै रहेको बताए ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेन तनाव, #रुस-युक्रेन संकट

तपाईको प्रतिक्रिया दिनुहोस