Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचाररुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिए

रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिए


रुसी सेनाको हमलामा न्युयोर्क टाइम्सका एक पत्रकार मारिएका छन् । इरपिन सहरमा रुसी फौजको हमलामा न्युयोर्क टाइम्सका भिडियो पत्रकार ब्रेन्ट रिनाउड मारिएको किभ क्षेत्रका प्रमुखले बताएका छन् । हमलामा अर्का एक जना घाइते भएका छन् ।

इरपिनमा युक्रेन युद्धको समाचार रिपोर्ट गरेका भिडियो पत्रकार ब्रेन्ट रिनाउडको रुसी सेनाको गोली प्रहारमा मृत्यु भएको किभ प्रहरी प्रमुखले पुष्टि गरेका छन् । गोली लागेर उनका पार्टनर घाइते बनका छन् ।

ब्रेन्टको न्युयोर्क टाइम्सको प्रेस पास भए पनि उनी युद्ध क्षेत्रमा असाइनमेन्टमा नरहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार
ट्याग : #युक्रेनमाथि रुसी हमला

तपाईको प्रतिक्रिया दिनुहोस