गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा सगरमाथा दिवस २०२२ मनाउने तयारी दीप संञ्चार जेठ ७, २०७९ गते १९:४५ मा प्रकाशित गैर आवासीय नेपाली संघ न्युजिल्यान्डको आयोजनामा यही मे २८ देखि ३१ तारिख सम्म सगरमाथा दिवस मनाइने भएको छ ।नेपालका तेन्जिंग नोर्गे र न्युजिल्यान्डका एडमण्ड हिलारीले ६९ बर्ष अघि सन् १९५३ मे २९ का दिन सगरमाथा को सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरलाई स्मरण गर्दै उक्त अबसरमा न्युजिल्यान्डमा रहेका सगरमाथा आरोहीहरूको पनि सम्मान गर्ने कार्यक्रम रहेको छ।एडमण्ड हिलारीले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य, पर्यावरण बिषयमा उत्थान गर्ने हेतुले स्थापना गरेको संस्था हिमालयन ट्रस्ट र न्युजिल्यान्डमा रहेका नेपाली संघ संस्थाहरुको यो दिबसको आयोजनामा सहकार्य रहने बताइएको छ।न्युजिल्यान्डमा सन् २०१४ देखि मनाउन सुरुआत गरिएको सगरमाथा दिबस यो बर्ष न्युजिल्यान्डका विभिन्न छ शहरहरु मध्ये इन्भरकारगिलमा २८ मे का दिन, अक्ल्यांड, बे अफ प्लेनटी, हेमिलटन र क्राइस्टचर्चमा २९ मे का दिन र वेलिंगटनमा ३१ मे का दिन सम्पन्न हुँदै छन्।विभिन्न समयमा हिमाल आरोहण गर्ने आरोहिहरुको उपस्थिति हुने यो दिवसमा नेपाल प्रति र हिमाल आरोहणमा चाख राख्ने व्यक्तिहरु तथा न्युजिल्याण्डमा रहने नेपालीहरुको ठुलो संख्यामा सहभागिता हुने अपेक्षा गरिएको छ।कार्यक्रममा सर एडमण्ड हिलारीको हस्ताक्षर भएको पाँच डलर नोट र हिलारी र तेञ्जिङ्ग भएको कलाकृतिको लिलाम बढाबढ गरिने र प्राप्त रकम हिमालयन ट्रस्टलाई हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #गैर आवासीय नेपाली संघ न्युजिल्यान्ड तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न