Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारदोनबासमा क्रेमलिन समर्थक पृथकतावादीद्वारा विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँचमा रोक

दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीद्वारा विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँचमा रोक


दोनबासमा क्रेमलिन समर्थक पृथकतावादीले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलको पहुँच रोकेका छन् । टेक्नोलोजी कम्पनीले ‘रुसीविरुद्धको हिंसा’ प्रबद्र्धन गरेको उनीहरूले आरोप लगाएका छन् ।

विद्रोही नेता डेनिस पुसिलिनले सर्ज इन्जिनले पुटिनको सेनाको ज्यान जोखिममा पारेको आरोप लगाए । छिमेकी लुगान्स्क जनवादी गणतन्त्रले अमेरिकी साइट ब्लक गरेको एक दिन पछि दोनेत्स्क जनवादी गणतन्त्रका प्रमुखले गुगलको पहुँचमा रोक लगाइएको घोषणा गरेका हुन् ।

‘आज पश्चिम र युक्रेनले गणतन्त्रमाथि अभूतपूर्व दबाब दिइरहेका छन् र शारीरिक र मनोवैज्ञानिक सुरक्षामा खतरा खडा गरिरहेका छन्’, पुसिलिनले भने, ‘यो दबाबको उद्देश्य दोनेत्स्क जनवादी गणतन्त्रका बासिन्दाहरूलाई धम्की दिनु र उनीहरूको मनोबल तोड्नु हो । ’

उनले अगाडि थपे, ‘हामी पक्का छौं कि तिनीहरू सफल हुनेछैनन । किनभने रूसी भावनालाई तोड्न असम्भव छ, तर यस्तो अवस्थामा निष्क्रिय रहन पनि असम्भव छ ।’


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस