अमेरिकाको शिकागोमा पाकिस्तानी मूलकी सानिया खानले सामाजिक संजालमा सम्बन्ध बिच्छेदको कुरा खोले पछि पूर्व पति अहमदद्वारा गोली हानी हत्या गरेको प्रहरीले बताएका छन् ।
सामाजिक सञ्जाल टिकटकमा आफ्नो सम्बन्धविच्छेद र उपचार यात्राबारे खुलेर बताए पछि शिकागोमा गत सोमबार २९ वर्षीया महिलालाई आफ्नो पूर्व श्रीमानद्वारा हत्या गरेको प्रहरीले जनाएका छन् ।
भर्खरै शिकागो गएकी पाकिस्तानी अमेरिकी छायाचित्रकार (फोटोग्राफर) खानलाई उनका पूर्व पति ३६ वर्षीय राहिल अहमदले जर्जियाको एटलान्टाको उपनगर अल्फारेटा घरबाट शिकागो गएर गोली हानी हत्या गरेको प्रहरीले बताए ।
शिकागो सन-टाइम्सले प्राप्त गरेको प्रहरी प्रतिवेदन अनुसार खान शिकागोमा हालै सरेकी थिइन् ।
उनको आधिकारिक संजालस्थल ९वेबसाइट०का अनुसार खान एक पेशेवर छायाचित्रकार थिइन् भने उनि २०२१ मा शिकागो सरेकी थिइन् ।
एबीसी न्यूजका अनुसार गत सोमबार दिउँसो ई।ओहायोमा प्रहरीहरु उनीहरुको घर पुगे पछि एक महिला र एक पुरुषलाई उनीहरूको टाउकोमा बन्दुकको गोली लागेको घरभित्र भेट्टाएका थिए ।
घटनास्थलमा महिलालाई मृत घोषित गरिएको थियो भने पुरुषको मृत्यु अस्पतालमा भएको प्रहरीले बताए । घटनास्थलबाट हतियार बरामद गरिएको थियो,।
प्रहरीले व्यक्तिहरूको नाम नखुलाएता पनि कुक काउन्टी मृत्यु समिक्षकको कार्यालयले एबीसीन्यूजलाई पीडितहरु सानिया खान र राहिल अहमद भएको पुष्टि गरेको बताएको छ ।
खानको मृत्युलाई हत्या भएको ठहर गरिएको छ भने अहमदको मृत्युलाई आत्महत्या भनिएको छ ।
अहमदका परिवारका सदस्यहरूले उनी बेपत्ता भएको जानकारी दिएपछि घटनास्थलमा पुगेका प्रहरीलाई उनी शिकागोमा खानको घरमा हुन सक्ने बताएको अल्फारेटा प्रहरी विभागका प्रवक्ताले एबीसी न्यूजलाई बताए।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking,
#आत्महत्या,
#हत्या