अमेरिकी बन्धकहरुलाई टाउको गिड्ने आइएसआइएस सदस्य बिटल उपनामका अलेजेन्ड्रा अमोन कोटे तथा अल शफी अलशेखलाई ८ वटा आजीवन कारावासको सजाय सुनाईएको छ । उनिहरु बिरुद्ध अदालतले आठवटा मुद्दामा दोषी ठहर गरेको थियो ।
बेलायती नागरिक कोटे आइएसका आतङ्ककारी समूहका एक सदस्य हुन् भने शुक्रबार अमेरिकी संघीय अदालतले स्वतन्त्र पत्रकार जेम्स फोलीको अपहरण र हत्या गरेको आरोपमा ८ वटा आजीवन कारावासको सजाय सुनाएको छ।
३४ वर्षीय एल शफी अलशेखलाई यो सजाय फोलीको हत्याको आठौं वार्षिकोत्सवमा आइएसआईएसले टाउको काट्ने अङ्कियदृश्य ९भिडियो०मा संसारभरि प्रसारित गरिएको थियो।
पत्रकार स्टिभन सोटलोफ, मानवअधिकार कार्यकर्ता कायला मुलर र सहायता कार्यकर्ता पिटर कासिगको अपहरण र हत्याको अभियोगमा एल्शेखलाई पनि दोषी ठहर गरिएको थियो।
कोटेलाई गत अप्रिलमा आजीवन कारावासको सजाय सुनाइएको थियो। उनलाई सिरियाबाट समातेर अमेरिका ल्याईएको थियो ।
डिसी महानगर क्षेत्रको अलेकजेनड्रीया अमेरिकी अदालतले उनीहरुलाई सजाय सुनाएको हो । कोटेले यातना दिने ,फिरौती माग्ने र अन्ततः अमेरिकी बंधकहरुको टाउको काट्ने इस्लामिक स्टेट (आईएसआइएस)योजनामा नेतृत्वदायी भूमिका खेलेका कुरामा स्वीकार गरेका थिए ।
३७ वर्षीय अलेजेन्ड्रा अमोन कोटेले सन् २०१२ देखि सन् २०१५ सम्म इस्लामिक स्टेट (मुसलमान राज्य) समूहलाई भौतिक सहयोग गर्ने र बन्धक बनाएर मार्ने काम गरेका कैयौ आरोपहरु उनि बिरुद्ध लगाईएको थियो ।
कोटे चार आइएसआइएस सदस्यहरु मध्ये एक हुन् । कोटे र अलशेखलाई अमेरिकाले उनीहरु मृत्यु दण्ड दिने छैन भनि आश्वासन बेलायतलाई दिएपछि उनीहरुलाई आरोपको सामना गर्न अमेरिका ल्याइएको थियो।
तेस्रो बिटलका मोहम्मद इम्वाजी, जसलाई “जिहादी जोन” पनि भनिन्छ, २०१५ कोड्रोन(मानव रहित) युद्धयान हमलामा मारिएका थिए । चौथो सदस्य टर्कीमा कैद सजाय भोगिरहेका छन्।
महिला म्युलरलाई आइएसआइएसका नेता अबु बक्र अल बग्दादीले बलत्कार गरेका थिए पछि अमेरिकी सेनाले उनलाई २०१९ मा मारेको थियो ।
कोटे र अलशेखलाई सन् २०१८ मा टर्की भाग्न लागेको समयमा सिरियाका अमेरिकी सिरि सिरियाली प्रजातान्त्रिक योद्धाहरुले पक्राउ गरेका थिए ।
क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #breaking