गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ अमेरिकाको म्यासाचुसेट्सको घरमा एक वृद्ध दम्पतीलाई छुरा प्रहार गरी हत्या ,संदिग्ध अझै फरार अमेरिकाको म्यासाचुसेट्सको घरमा एक वृद्ध दम्पतीलाई छुरा प्रहार गरी हत्या ,संदिग्ध अझै फरार दीप संञ्चार मंसीर १५, २०७९ गते ११:५८ मा प्रकाशित अमेरिकाको म्यासाचुसेट्स राज्यको एक घरमा एक वृद्ध दम्पतीलाई छुरा प्रहार गरी हत्या गरिएको छ । संदिग्ध अझै फरार रहेको प्रहरीले जनाएका छन् भनि एबिसीन्यूजले समाचार लेखेको छ ।म्यासाचुसेट्सको घरमा एक वृद्ध दम्पतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा एक संदिग्ध व्यक्तिको खोजी भइरहेको छ, प्रहरी अधिकारीहरूले भने।प्लाइमाउथ काउन्टी जिल्ला न्यायधिवक्ता टिमोथी क्रुजका अनुसार प्रहरीले मंगलबार राती विवाहित जोडीको कल्याणकारी जाँच गर्ने क्रममा दुबैलाई आक्रमण गरिएको स्पष्ट संकेत सहित मृत फेला पारेको जनाएको छ ।“दुवै पीडितहरूलाई छुरा प्रहार गरी हत्या गरिएको क्रुजले बुधबार बिहान पत्रकार सम्मेलनमा भने। यो घटना प्लाइमाउथ काउन्टीको बोस्टनबाट ३० माइल दक्षिणपूर्वमा रहेको शहर मार्सफिल्डमा भएको हो। मृतकहरू घरमालिकहरु हुन् । दुवैको उमेर ७० बर्ष भएको पुष्टि भएको छ भने मारिनेहरुमा कार्ल म्याटसन र उनकी श्रीमती विकी म्याटसन रहेका छन् ।विकी म्याटसन बुधबार ७१ वर्ष हुने वाला थिइन् । मृत्यु कहिले भयो भन्ने खुल्न नसकेको उनले बताए । प्रहरी अनुसन्धानकर्ता हत्यामा एक संदिग्धको नाम दिएका छन् । क्रुजका अनुसार संदिग्ध २७ वर्षीय क्रिस्टोफर किली भएको र दम्पतीसँग परिचित थिए भनि उनले बताए ।“यो लक्षित आक्रमण हो जस्तो देखिन्छ।” र किली हाल अज्ञात रहेको प्रहरीले बताए । “उनी गएको कति समय भयो भनेर हामी निश्चित छैनौं।” तर उसलाई सशस्त्र र खतरनाक मान्नुपर्छ, प्रहरीले भने ।“हामी क्रिस्टोफर किलीलाई खोज्न जारी राख्छौं,” म्यासाचुसेट्स प्रहरी राज्य बिभागले सामाजिक संजाल ट्विटरमा भने।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #हत्या तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न