गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीको सहयोग भूकम्प प्रभावित टर्की र सिरियाका लागि मेसीको सहयोग दीप संञ्चार फागुन १, २०७९ गते २०:०० मा प्रकाशित विश्व च्याम्पियन कप्तान लियोनल मेसीले टर्की र सिरियाका भूकम्प पीडितलाई ३५ लाख युरो सहयोग गरेका छन्।मेसीले टर्की र सिरियाका लागि ३५ लाख युरो बराबरको मानवीय सहायता उपलब्ध गराएका हुन्।फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड अर्जेन्टिनी खेलाडी मेसीले समाजिक सञ्जालमार्फत आफ्ना फलोअर्सलाई टर्की भूकम्पपीडित बालबालिकाका लागि युनिसेफलाई सहयोग गर्न आग्रह गरेका छन्।‘टर्की र सिरियामा विनाशकारी भूकम्पबाट प्रभावित हजारौं बालबालिका र उनीहरूका परिवारहरूका लागि यो अत्यन्तै दुस्खद दिनहरू छन्,’ ३५ वर्षीय मेसीले भनेका छन्, ‘मेरो हृदय उनीहरूप्रति जान्छ। बालबालिकाको सुरक्षाको लागि सुरुदेखि युनिसेफले यस क्षेत्रमा काम गरिरहेको छ। तपाईँको सहयोग यसमा धेरै मूल्यवान हुनेछ।’मेसीले यसअघि टर्कीका अन्तर्राष्ट्रिय डिफेन्डर मेरिह डेमिरलको अभियानमा आफ्नो हस्ताक्षर गरिएको पेरिस सेन्ट(-जर्मेन जर्सी दिएका थिए।जसले भूकम्प पीडितहरूलाई सहयोग गर्न कोष जुटाउन स्टार खेलाडीहरूको हस्ताक्षर गरिएको जर्सी लिलामी गरेको थियो।पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार गत सोमबार दक्षिणी टर्कीमा गएका दुई शक्तिशाली भूकम्पबाट ३३ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचारट्याग : #भूकम्प तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा