Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारहमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु

हमास-इजरायल युद्ध – इजरायलमा १२ सय र गाजामा ९०० भन्दा बढीको मृत्यु


हमास र इजरायलबीच जारी युद्धको चार दिन पूरा भएको छ । गाजा र इजरायलको अवस्था अहिले कस्तो छ, ताजा अपडेटहरू जान्नुहोस्।

इजरायलमा भएको रक्तपातपूर्ण भिडन्तमा मृत्यु हुनेको संख्या १२ सय पुगेको छ भने गाजामा ९०० भन्दा बढीको मृत्यु भएको छ ।

दुबै तर्फबाट लगातार आक्रमण भैरहेको छ । इजरायलले आक्रमणमा हमासका दुई वरिष्ठ अधिकारी मारिएको दाबी गरेको छ ।
इजरायली रक्षा मन्त्री योभ गालान्टले भने -गाजाको अवस्था ‘अब पहिलेको जस्तो हुनेछैन।’

अमेरिकी सैन्य उपकरण बोकेको विमान इजरायल पुगेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई आफ्नो समर्थन पुनः दोहोर्याएका छन् ।

एक इजरायली जनरलले आफ्नो कोठामा सुतिरहेका बालबालिकालाई मारिएको र इजरायली सैनिकको टाउको काटिएको बताएका छन् ।
गाजाको बिजुलीको अन्तिम स्रोत चाँडै नै ईन्धन समाप्त हुन सक्छ, एक युद्ध डाक्टरले गाजाको स्वास्थ्य प्रणाली ‘एक हप्ता भित्र ध्वस्त हुन सक्छ चेतावनी दिए। इजरायलले गाजामा बिजुली र इन्धन आपूर्ति बन्द गरेको छ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस