गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते युक्रेनी हमलामा १४ रुसी नागरिकको मृत्यु, १०८ जना घाइते दीप संञ्चार पुस १५, २०८० गते ९:४७ मा प्रकाशित बेलगोरोड– युक्रेनको हमलामा १४ जना रुसी नागरिक मारिएका छन् । रुसी प्रान्तीय राजधानी बेलगोरोडको केन्द्रमा युक्रेनी आक्रमणमा परी दुई बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको हो ।सो हमलामा १०८ जना घाइते भएको रूसी आपतकालीन मन्त्रालयले जनाएको छ ।गभर्नर व्याचेस्लाभ ग्लाडकोभका अनुसार युक्रेनको सीमाबाट करिब ३० किलोमिटर (१९ माइल) पर रहेको बेलगोरोडमा भएको सो आक्रमण आवासीय क्षेत्रमा भएको थियो । एक टेलिग्राम पोस्टमार्फत उनले सबै बासिन्दाहरूलाई साइरन बज्दा हवाई आक्रमणको आश्रयमा जान आग्रह गरेका थिए ।बेलगोरोडले युक्रेनको लुहान्स्क, सुमी र खार्किभ क्षेत्रहरूसँग सीमा जोडेको छ । जसमध्ये शुक्रबार युक्रेनमा रूसी हवाई आक्रमणबाट प्रभावित भएका थिए । यो फेब्रुअरी २०२२ मा युद्ध सुरु भए देखिकै सबैभन्दा घातक आक्रमणहरू मध्ये एक थियो। ती आक्रमणहरूमा मर्नेहरूको संख्या बढेर ३९ पुगेको छ।बेलगोरोड रूसको राजधानी मस्कोबाट करिब ६०० किमी टाढा छ । यो एक फ्रन्ट–लाइन क्षेत्र हो, जसले क्रेमलिनको सशस्त्र सेनालाई युक्रेनतर्फ आक्रमण गर्नको लागि महत्त्वपूर्ण आधारको रूपमा सेवा गरिरहेको छ।मन्त्रालयले शुक्रबार बेलगोरोड क्षेत्रमा १३ युक्रेनी रकेटहरू ध्वस्त पारेको दाबी समेत गरेको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न