गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधन दीप संञ्चार वैशाख ३१, २०८१ गते ११:२९ मा प्रकाशित काठमाडौँ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका ६२ वर्षीय रिचर्ड रिक स्लेम्यानको अमेरिकाको म्यासाचुसेट्स राज्यमा मृत्यु भएको छ ।रिचर्डलाई मार्चमा आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यो मृगौलाले रिचर्डको शरीरमा कम्तिमा २ वर्षसम्म राम्रोसँग काम गर्न सक्ने चिकित्सकहरूले बताएका थिए ।प्रत्यारोपण गरिएको अस्पतालले रिचर्डको मृत्युको कारण सुँगुरको मिर्गौला नभएको बताएको छ । प्रत्यारोपण टोलीले रिचर्डको मृत्युप्रति दुःख व्यक्त गरेको छ । सुँगुरको मृगौला आफ्नो शरीरमा प्रत्यारोपण गर्ने रिचर्ड पहिलो व्यक्ति थिए । यसअघि सुँगुरको मिर्गौला ब्रेन डेड व्यक्तिको शरीरमा मात्रै प्रत्यारोपण गरिन्थ्यो ।सुँगुरको मुटु पनि दुई जनामा प्रत्यारोपण गरिएको छ । तर, शल्यक्रिया गरेको केही महिनामै उनको मृत्यु भयो । रिचर्डको पहिलो मृगौला प्रत्यारोपण सन् २०१८ मा भएको थियो । तर, त्यो मृगौला पनि फेल भएर फेरि डायलासिस गर्नुपर्यो ।रिचर्डको शल्यक्रिया भएको एक महिनापछि, अप्रिलमा, न्यू जर्सीकी लिसा पिसानो नामकी महिलाको पनि आनुवंशिक रूपमा परिमार्जित सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । यसबाहेक उनको मुटुको धड्कन जारी राख्नका लागि मेकानिकल पम्प पनि जडान गरिएको थियो ।हाल अमेरिकामा करिब १ लाख १० हजार मानिस अंग प्रत्यारोपणको पर्खाइमा छन् । तीमध्ये धेरैजसो मृगौला प्रत्यारोपणको पर्खाइमा छ । अमेरिकामा हरेक वर्ष अंग प्रत्यारोपणको अभावमा ६ हजारभन्दा बढी बिरामीको मृत्यु हुने गरेको आँकडा रहेको छ । साभारक्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…कंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउनिर्वाचन जिते पछि इमरान खानले एआइमार्फत भने, ‘धन्यबाद पाकिस्तान तर… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न