गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ विहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ विहान सूर्यलाई पानी किन चढाउने ? जानीराखौँ दीप संञ्चार असोज १०, २०७८ गते ६:०१ मा प्रकाशित काठमाडौँ हाम्रो संस्कृति तथा सनातन धर्ममा सूर्यलाई भगवानको दर्जा दिइएको छ । ग्रह विज्ञानको हिसावले सूर्यलाई सबैभन्दा श्रेष्ठ ग्रह मानिएको छ । सूर्य उजाको स्रोत हो र अन्य ग्रह यसको परिक्रमा गर्दछन् । उनीहरु सूर्यबाट उज्यालो प्राप्त गर्दछन् । सनातन धर्मले पनि यसको महत्वलाई प्रष्टसँग दर्शाएको पाइन्छ । सबैभन्दा श्रेष्ठ मान्दै सूर्य देवको पूजा गर्ने बताएको छ ।सूर्यलाई जल अर्पण गर्नुको पछाडि धार्मिक सँगै अन्य बैज्ञानिक तथ्यपनि छन्ःजो व्यक्तिको कुण्डलीमा सूर्य कमजोर हुन्छ या जसमा आत्मविश्वासको कमी हुन्छ या जो निराशावादी हुन्छ र जसलाई घर परिवारमा मान सम्मानको अभिलाषा हुन्छ उनीहरुले सूर्यलाई जल चढाउनु महत्वपूर्ण हुनेछ ।सूर्यको किरणमा सात रंगको समावेश भएको हुन्छ । जसले हामीलाई स्पष्ट देख्नमा मद्यतकारी हुन्छ । सूर्यको उज्यालोले हामीलाई रंगको पहिचान गर्न सक्षम बनाउँछ ।कुनैपनि व्यक्ति सूर्यलाई जल चढाउँछ, सूर्यबाट निस्किने किरणले उसलाई स्वास्थ्य लाभ दिलाउँछ । विहानको किरणले शरीरमा रंगको असन्तुलनलाई ठिक गराउँछ । यसले शारीरिक प्रतिरोधात्मक क्षमतामा पनि वृद्धि गराउँछ ।धार्मिक दृष्टिकोणले सूर्य देवलाई आत्माको कारक मानिएको छ । प्रातः समयमा सूर्य देवको दर्शन गर्दा प्रेरणा प्राप्त हुने गर्दछ । यसले शरीरमा स्फूर्ति ल्याउने र सकारात्मक भावको प्रवेश गराउँदछ । यसले नकारात्मक उर्जा नष्ट गराउँछ ।सूर्यलाई जल चढाउनको लागि विहान सूर्योदय भन्दा पहिले उठेर स्नान गरी तामाको लोटाबाट सूर्यलाई जल अर्पित गर्ने विद्यान छ । धातु र सूर्यको किरणको असरले सकारात्मक उर्जा प्राप्त हुने गर्दछ । जल चढाउँदा सूर्य मन्त्र ‘ऊँ सूर्याय नमः लाई जप गर्नुहोस् ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ५कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न