गृहपृष्ठ ∕ धर्म संस्कृति ∕ अयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट पाहुना पुग्दै अयोध्या राम मन्दिरमा आज प्राण प्रतिष्ठा, ७ हजारभन्दा बढी बिशिष्ट पाहुना पुग्दै दीप संञ्चार माघ ८, २०८० गते ९:२५ मा प्रकाशित अयोध्या । अयोध्यामा भगवान रामको आज अर्थात सोमबार श्रीरामको अभिषेक समारोह हुँदैछ । जसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरै भिभिआईपीहरू सहभागी हुनेछन् । सो मन्दिरका भगवान रामको नयाँ मूर्ति तयार गरी गर्भगृहमा स्थापना गरिएको छ । भगवान रामको ५१ इन्चको नयाँ मूर्तिलाई आज मात्र अभिषेक गरिनेछ ।श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्ष गोविन्ददेव गिरीले अस्थायी मन्दिरमा राखिएको रामको पुरानो मूर्तिलाई नयाँ मूर्तिको अगाडि राखिने जानकारी दिएका छन् । जसलाई पनि आज मन्दिरमा अभिषेक गरिनेछ ।गत हप्ता राम मन्दिरको गर्भगृहमा रामको ५१ इन्चको मूर्ति राखिएको थियो । रामका तीन वटा मुर्ति तयार पारियो । जसमध्ये मैसूरका मूर्तिकार अरुण योगीराजले बनाएको मूर्तिलाई अभिषेकका लागि छनोट गरिएको थियो । अन्य दुई मुर्तिको प्रश्नमा श्रीराम जन्मभूमि तीर्थ क्षेत्र कोषका कोषाध्यक्षले भने, ‘बाँकी दुई मुर्तिलाई पूर्ण सम्मान र सम्मानका साथ मन्दिरमा राख्नेछौं । एउटा मूर्ति हामीसँग राखिनेछ।’रामललाको पुरानो मूर्तिबारे उनले भने, ‘रामको नयाँ मूर्ति अगाडि राखिनेछ । मूल मूर्ति धेरै महत्त्वपूर्ण छ। यसको उचाइ ५ देखि ६ इन्च मात्रै छ, जसलाई २५ देखि ३० फिटको दूरीबाट देख्न सकिँदैन। त्यसकारण हामीलाई ठूलो मूर्ति चाहिएको हो ।’आज १२: २० बजेवाट अभिषेक हुदैँछ । मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मस्थल अयोध्यामा जनवरी २२ मा राम मन्दिरमा श्रीरामको प्राण प्रतिष्ठा समारोहको लागि तयार छन्। पुस शुक्ल द्वादशीको अभिजित मुहूर्तमा दिउँसो १२: २० बजे अभिषेक कार्यक्रम हुनेछ ।सो समारोहका लागि रामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले अभिषेक समारोहमा तीन हजार भिभिआईपीसहित सात हजारलाई आमन्त्रण गरेको छ ।क्याटेगोरी : धर्म संस्कृति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज…हेर्नुहोस्, आजको राशिफलआज २०८० साल फागुन १२ गते शनिबारको राशिफलतामाङ समुदायले आज सोनाम ल्होसार मनाउँदै धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न