गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ देउवातिर ढल्किए सिटौला देउवातिर ढल्किए सिटौला दीप संञ्चार मंसीर १७, २०७८ गते १०:२४ मा प्रकाशित काठमाडौँ नेपाली कांग्रेसको १३औं महाधिवेशनमा तत्कालीन संस्थापन पक्षबाट विद्रोह गर्दै महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको प्रत्याशी बने। सिटौलाको विद्रोहले तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेल पार्टी नेतृत्वमा पुग्न पाएनन्।दोस्रो चरणमा भएको निर्वाचनमा सिटौलाको समर्थन शेरबहादुर देउवालाई हुन पुग्यो। सिटौलाको समर्थनमा देउवा पार्टीको मूल नेतृत्वमा मात्र पुगेनन्, २०५३ सालपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिर गयो।सिटौलाको साथ पाएर नेतृत्वमा पुग्न सहज भएको महसुस गरेका देउवाले निकटतम प्रतिद्वन्द्वी पौडेलसँगै सिटौलालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरे।१३ औं महाधिवेशनबाट कांग्रेसभित्र छुट्टै समूह (तेस्रो धार) को पहिचान बनाएको सिटौला समूह पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अधिवेशनमा देउवासँगै मिलेर अघि बढ्यो।अर्को भ्रातृ संगठन नेपाल तरुण दलको अधिवेशनसम्म पुग्दा देउवासँग सिटौला केही टाढा देखिए पनि उनको लचकता देउवातिरै रह्यो। तर सिटौलालाई साथ र सहयोग गर्दै आएका गगनकुमार थापा,प्रदीप पौडेलसहितका नेताहरू २०७४ सालको आमनिर्वाचनपछि देउवाको विकल्पमा उभिँदै आएका छन्।पार्टीको १४औं महाधिवेशनमा देउवाको विकल्प खोज्न सिटौलालाई संस्थापन इतर समूहमा जोड्ने प्रयास युवा नेताले गरे पनि वडादेखि प्रदेश अधिवेशनसम्म आइपुग्दा देउवा र सिटौला थप नजिकिएका छन्।पार्टीको तल्लो तहका अधिवेशनहरूमा सिटौला पक्षले आफ्नो अनुकूलतामा संस्थापन र इतर समूहसँग तालमेल ग¥यो। तर प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनसम्म आइपग्दा सिटौला समूह अधिकांश ठाउँमा संस्थापन पक्षसँग नजिकिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न