पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा ओली

काठमाडौँ
दसौं महाधिवेशनपछि एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी प्रवेश गराउने बहानामा देश दौडाहामा लागेका छन्। दुई दिनअघि कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली दुई दिनपछि वीरगन्ज जाँदैछन्।
पार्टीमा नेताभन्दा पनि कार्यकर्ता प्रवेश गराएर संगठन मजबुत बनाउने अभियानमा लागेको एमालेले देशभर नै पार्टी प्रवेशको कार्यक्रम बनाउन थालेको छ। ‘एमालेमा आउनेको लहर चलेको छ। अध्यक्ष कमरेड भोली वीरगन्ज जाँदै हुनुहुन्छ। त्यसपछि १० गते झापा जाने कार्यक्रम छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने।
विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन्। पार्टी प्रवेशलगायतका कार्यक्रममा ओली आफैं सहभागी हुन रुचि राख्दै आएका छन्।
कांग्रेस महाधिवेशन सुरु भएको दिन प्रज्ञाभवनमा वाग्मती प्रदेशले आयोजना गरेको कार्यक्रममा पनि ओलीले माओवादीबाट आएका केही कार्यकर्तालाई प्रवेश गराएका थिए। त्यस दिन सो कार्यक्रममा ओलीले देशको अभिभारा के हो भनेर कांग्रेसलाई सिकाउनुपर्ने बताएका थिए। ‘कांग्रेस, माओवादी र नेकपा एसको प्रहारमा परेका ओली उनीहरूलाई नै प्रतिप्रश्न गर्दै एमालेमा थप क्षति हुन नदिने रणनीतिमा रहेका छन्’, एमालेका एक स्थायी कमिटी सदस्यले भने। एमाले विभाजनपछि नै ओलीले संगठनलाई चुस्तदुरुस्त राख्न नयाँ कार्यकर्ता भर्ती गर्नुपर्ने आवश्यकता महसुस गरेको एमाले नेताहरूको भनाइ छ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठकको निर्णय नै देशभर पार्टी प्रवेशको लहर चलाउने रहेको छ। सोही अनुसार ओली आफैं पार्टी प्रवेशजस्ता कार्यक्रम लिएर सम्बोधनका लागि जान थालेका छन्।
मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटी बैठकमा ‘प्रवेशको लहर नै चलाउँछौं, अभियान नै चलाउँछौं’ भन्दै उनले यससम्बन्धी कार्यक्रम गर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका थिए। ‘हाम्रा निम्ति राष्ट्रियसभा निर्वाचन प्रतिकूल हुन सक्छ। हाम्रैबाट जितेर पनि केही मान्छे बिग्रिएकाले पनि त्यो प्रतिकूल हुने भएको हो। पहिले नै जितेका प्रतिनिधिले चुन्ने भएकाले पनि त्यस्तो हो। त्यसकारण आउँदो निर्वाचनलाई ध्यान दिएर पनि नेताभन्दा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुपर्छ, त्यसपछि मात्रै पार्टी मजबुत हुन्छ’, ओलीले भनेका थिए। पार्टी विभाजनपछि भएको क्षति न्यूनीकरण गर्न पनि एमालेले पार्टी प्रवेश कार्यक्रम अघि बढाएको हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस