गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै फैलिँदै ओमिक्रोन भेरियन्ट, तेस्रो लहरको खतरा बढ्दै दीप संञ्चार पुस १६, २०७८ गते ७:०९ मा प्रकाशित काठमाडौँ- छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको दर दैनिक बढ्न थालेको छ । कोरोनाको नयाँ भेरियन्टका रूपमा देखिएको ओमिक्रोनबाट संक्रमित हुनेको संख्या बुधबारसम्म भारतमा ९ सय ६१ जना पुगेको छ । मंगलबार ९ हजार १ सय ९५ जना कोरोना संक्रमित देखिएकोमा बुधबार भारतमा १३ हजार १ सय ५४ जना नयाँ संक्रमित थपिए । यो संख्या भनेको एक दिनको फरकमा ४४ प्रतिशतले बढी हो । यसरी भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनसँगै संक्रमित दर थपिँदा त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ ।डेल्टा भेरियन्टले विश्व नै आक्रान्त बनेको पीडा भुल्न नपाउँदै हाल देखिएको नयाँ भेरियन्टले चुनौती थपिएको छ । तर, यसअघि देखिएका भेरियन्टभन्दा कमजोर भएको भन्दै जनस्वास्थ्य मापदण्ड पालना नहुँदा ओमिक्रोन भेरियन्ट फैलिने क्रम बढिरहेको छ ।ओमिक्रोन संक्रमण बढ्न थालेपछि भारतले दिल्ली र महाराष्ट्रका अधिकारीले सार्वजनिक कार्यक्रममा प्रतिबन्ध लगाएका छन् । सुरुमा कोरोनाको नयाँ भेरियन्ट दक्षिण अफ्रिकी मुलुकमा देखिएको सो भाइरस भारतको २१ राज्यमा फैलिसकेको छ ।हालसम्म ८९ देशमा ओमिक्रोन भेरियन्ट फैलिसकेको छ भने बेलायतमा मात्रै सो भेरियन्टबाट ७ जना र अमेरिकामा एक जनाको मृत्यु भइसकेको छ । यो समाचार राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न