विद्युतीकरणमा करोडौंको भ्रष्टाचार

रामेछाप -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्षसहित २७ जनाविरुद्ध विद्युतीकरण गर्दा भ्रष्टाचार गरेको दाबीसहित विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको छ। गाउँपालिकामा विद्युतीकरण गर्ने क्रममा सामानको मूल्यमा घोटाला गरेको, चाहिनेभन्दा बढी सामानको बिल बनाएर भ्रष्टाचार गरेको भन्दै गाउँपालिकाका अध्यक्षसहित विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका पदाधिकारीविरुद्ध छुट्टाछुट्टै बिगो माग दाबी गर्दै मुद्दा दर्ता गरिएको हो।
गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काविरुद्ध ४ करोड २१ लाख रूपैयाँ बिगो असुल उपर हुनुपर्ने माग दाबी लिइएको छ। तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजुप्रसाद न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार र तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रूपैयाँ बिगो माग दाबी गर्दै अख्तियारले मुद्दा दर्ता गरेको छ।
गाउँपालिकाका विभिन्न वडाका विद्युत् उपभोक्ता समितिका अध्यक्ष, पदाधिकारीसमेत २७ जनाउपर गैरकानुनी लाभ लिएर सरकारी सम्पत्तिमा हानि पुर्याई भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दर्ता गरेको हो।
लिखु तामाकोसी–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष बेतबहादुर पुँवार, कोषाध्यक्ष ममिता श्रेष्ठ र सचिव सुब्बा थापा मगरविरुद्ध संयुक्तरूपमा ३५ लाख २ हजार रूपैयाँ माग दाबी लिइएको छ। त्यसैगरी, लिखु–५ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष सुनबहादुर तामाङ, कोषाध्यक्ष करिष्मा परियार र सचिव दलबहादुर तामाङविरुद्ध ३७ लाख ८६ हजार रूपैयाँ माग दाबी लिइएको छ।
लिखु–४ विद्युतीकरण उपभोक्ता समितिका अध्यक्ष होमबहादुर महत, कोषाध्यक्ष अनीता श्रेष्ठ र सचिव डिल्लीबहादुर सुनुवारविरुद्ध संयुक्त रूपमा ४२ लाख ५३ हजार रूपैयाँ अख्तियारको माग दाबी छ। यो समाचार नागरिक दैनिकमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
ट्याग : #अख्तियार दुरूपयोग अनुसन्धान आयोग
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस