गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ सेनाका लागि रुसी हेलिकोप्टर किन्न कसरत सेनाका लागि रुसी हेलिकोप्टर किन्न कसरत दीप संञ्चार वैशाख ५, २०७९ गते ७:४६ मा प्रकाशित काठमाडौँ -युक्रेनमाथि सैन्य कारबाही चलाएपछि रुससँग सिंगो विश्व समुदाय चिढिएको छ। विश्व शक्ति अमेरिकासहित पश्चिमा मुलुकले रुसमाथि आर्थिक नाकाबन्दी लगाएका छन्। रुसबाट विश्व बजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुमा समेत रोक लगाइएको छ।जसले गर्दा विश्व बजारमा महँगी चरमचुलीमा छ। रुसबाट पेट्रोलियम पदार्थ, खाद्य सामग्रीलगायत आयात गर्ने मुलुकलाई पनि शक्ति राष्ट्रहरूले धम्की दिइरहेका छन्। सैन्य सामग्री आयात गर्ने देशले प्रतिबन्ध खेप्नुपर्नेसम्मको धम्की दिइएको छ। विश्वमा यस्तो ध्रुवीकरण भइरहेका बेला नेपाली सेनाले भने रुसबाटै दुईवटा सैन्य हेलिकोप्टर ल्याउने सुरसार गरिरहेको छ। रक्षा तथा अर्थ मन्त्रालयले समेत त्यसमा अन्तिम ‘लालमोहर’ लगाइसकेका छन्। यसमा केही बिचौलिया र राज्यका पदाधिकारी लागेको आरोप छ ।पाँच वर्षदेखि प्रयासनेपाली सेनाले पाँच वर्षअघि नै रसियन ‘एमआई १७ भी ५’ हेलिकोप्टर भित्र्याउने तयारी गरेको थियो। त्यसका लागि सेनाले २०१७ डिसेम्बर २७ मा रसियाली सरकारी कम्पनी ‘रोजोबोरोन’ सँग सम्झौता गरेको थियो। सो कम्पनीका तर्फबाट काठमाडौंस्थित रसियन राजदूतावासका प्रथम सचिवले हस्ताक्षर गरेका थिए। नेपाली सेनाका तर्फबाट जंगी अड्डाले हस्ताक्षर गरेको स्रोतको भनाइ छ। रुसले यही कम्पनीबाट एकीकृत रूपमा सैन्य तथा सुरक्षा सामग्री निर्यातको काम गर्छ। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलोपल्ट राष्ट्रपति हुँदा यो कम्पनी खोलेका थिए।सम्झौतापछि अमेरिकाले सांकेतिक रूपमा असन्तुष्टि जनायो। अमेरिकाको असन्तुष्टिपछि नेपाली सेना हच्कियो र रुसी हेलिकोप्टर खरिद गर्ने कदमबाट पछि हट्यो। रुसी हेलिकोप्टर खरिद गर्दा अमेरिकी सहयोग घट्ने संकेत पाइएपछि नेपाली सेना हच्किएको स्रोतको दाबी छ। त्यहीबेला अमेरिकाले नेपाललाई चार सैन्य जहाज र अन्य सैन्य सामग्री दिने वचन दिएको थियो। त्यसपछि नेपाली सेनाले बहानाबाजी गर्दै खरिद प्रक्रिया टार्दै आएको थियो। यो समाचार आजको राजधानी दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिकाट्याग : #रुस तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न