गृहपृष्ठ ∕ पत्रपत्रिका ∕ स्ववियु चुनावको तयारी तीव्र, त्रिविमा आज परिषद्को पहिलो बैठक स्ववियु चुनावको तयारी तीव्र, त्रिविमा आज परिषद्को पहिलो बैठक दीप संञ्चार पुस ५, २०७९ गते ८:२७ मा प्रकाशित त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को निर्वाचन मिति र निर्वाचन कार्यतालिका सार्वजनिक गर्न मंगलबार त्रिवि विद्यार्थी कल्याण परिषद्को पहिलो बैठक बस्दै छ । विद्यार्थी संघसंगठनहरूसँग अनौपचारिक छलफल भइसकेको जानकारी दिँदा परिषद्का सदस्य सचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले नेपाल समाचारपत्रलाई फागुन १४ मै गर्नेगरी कार्यतालिका सार्वजनिक गर्ने स्पष्ट पारे ।तोकेकै मितिमा निर्वाचन गर्नेगरी तयारी थालिरहेको जानकारी दिँदै उनले भने, ‘पहिलो बैठकपछि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेका छौं । यसका लागि सरकारको पूर्ण सहयोगको आवश्यक्ता छ ।’उनका अनुसार बैठकले निर्वाचनको कार्यतालिका तयारीका विषयमा छलफल गर्न विद्यार्थी संघ संगठनलाई औपचारिक पत्राचार गर्ने लगायतका विषयमा निर्णय गर्नुका साथै बैठकपछि त्रिविले सुरक्षा निकाय र दलका नेता लगायतसँग छलफल गर्ने तयारी थाल्नेछ।यसअघि त्रिविका पदाधिकारीले कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्रालय लगायतसँग छलफल गरिसकेको छ । त्रिविका रेक्टर प्राडा शिवलाल भुषालको अध्यक्षतामा हुने बैठकमा त्रिविका रजिस्ट्रार प्राडा पेशल दाहाल उपाध्यक्ष रहने व्यवस्था छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।क्याटेगोरी : पत्रपत्रिका तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारऔपचारिकतामा सीमित कांग्रेस बैठकसर्वोच्च अदालतले फुटेका माओवादीमा ल्याएको तरंगविदेशी ह्याकरले आक्रमण गर्दा सरकारी दस्तावेज सुरक्षा जोखिममाफेरि गृहमन्त्री नियुक्त होलान् रवि लामिछाने ? धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न