गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु मनोमानी काम गर्छन ठेकेदार कम्पनीहरु प्रिया स्मृती गजमेर असार २२, २०७६ गते ७:१५ मा प्रकाशित दाङ, कमसलका सामाग्री प्रयोग गरेर पक्कि नाला निर्माण गर्न लागेको भन्दै स्थानीयले काम रोकेका छन् । लमही नगर पालिका वडा न १ सुन्डवरीका स्थानीयले काम रोकेका हुन् । स्थानीयको गुनासो आए पछी नगरपालिकाका उपप्रमुख देवका बेल्बासेको नेतृत्वमा गएको अनुगमन टोलीले स्टिमेट अनुशार काम गर्न कम्पनीलाई निर्देशन दिएको छ ।निर्माण कार्यमा स्थानीयको गुनासो आउँ थाले पछी उपमेयर बेलबासेले इन्जिनिएरलाई त्यहा पठाएर अनुगमन गर्न भनेको तर ठेकेदार कम्पनीले अटेर गरेको उनको भनाई छ । ओभरसियरलाई पनि कम्पनीले नटेरेर काम थालिनी गरेपछि नगर प्रमुख सहितको टोलीले पनि अनुगमन गर्दै स्टिमेट अनुशार काम गर्न भनेको थियो । यदि स्टिमेट अनुशार काम नगरे बजेट रोक्ने चेतावनी दिएका छौ उपप्रमुख बेलबासेले भनिन । चालु आर्थिक बर्षमा लमही नगर पालिका र प्रदेश सरकारबाट पक्कि नाली र कालो पत्रेका लागि बयालीस लाख बजेट बिनियोजन भएको थियो ।उक्त योजनाका लागि नगर पालिकाले टेन्डर आह्वान गरेको थियो,जुन टेन्डर रोयल विल्ड्रर्स निर्माण कम्पनीले हात परेको थियो । उक्त काम अहिले पेटी ठेकेदार मार्फत संचालन भैरहेको छ । लमही नगरपालिकाको बजेटबाट सुन्डवरीको चोक देखी उत्तर तर्फ ३ सय ७७ मिटर सडक पक्कि नाला सहित कालो पत्रे गर्ने भनेर उक्त बजेट बिनियोजन गरेको हो । निर्माण कम्पनीले काम गर्दा मापदण्ड बिपरित गरेको भन्दै काम रोकेको स्थानिय कुल बहादुर यादबले बताए । निर्माण कम्पनीले पक्कि नाला बनाउदा सोलिंगका ढुंगा नराखेर मसिना गिट्टी हालेर काम गरेको स्थानीयको आरोप छ । दाया तिरको नालामा सोलिंगका ढुंगा हालेको तर अर्को तर्फ मसिना गिट्टी हालेर काम गर्दै गर्दा स्थानिले बिरोध गरे पछि ठेकेदार कम्पनीका तर्फबाट सोलिंगका ढुंगा हालेर काम अघि बढाउने प्रतिबद्घता जनाएको स्थानिले बताए ।सडक कालो पत्रे निर्माणमा ठेकेदार कम्पनीले चरमलापरबाही भएको गुनासो नगर पालिकामा पनि पुगेको छ । यता टेन्डर आह्वान हुदा नगर पालिका र निर्माण कम्पनी रोयल विल्ड्रर्स बीच ६ महिना भित्र सम्पूर्ण कार्य संम्पन्न गर्ने गरि मौखिक सम्झौता भएको कम्पनीले बताएको छ । कहिले सामाग्री पाइदैन त् कहिले कामदार नहुदा निर्माण कार्यमा समस्या आएको निर्माण कम्पनीले बताएको छ ।असार मसान्त सकिनै लाग्दा नगर पालिकाले काम छिटो सक्ने भनेर ताकेता गरेको छ नत्र हामी बजेट दिदैनौ भनेको कम्पनीका प्रतिनिधि बिबेक बस्नेतले भने । ६ महिनामा काम सक्ने हाम्रो सहमति भएको छ तर अहिले नगर पालिकाले दुइ महिनामा काम सक्ने भनेर भन्दा हामीले कसरी काम गर्ने बस्नेतले भने । बर्षा लागि सक्यो समस्या त् आउला नै तर जति सक्यो हामी पनि कामलाई निरन्तरता दिने कम्पनिले बताएको छ ।क्याटेगोरी : प्रदेश खबर, प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिसुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदामुख्यमन्त्री केदार कार्की सवार गाडीमा आक्रमणमेची राजमार्गमा यातायात नचल्दा तीर्थयात्री अलपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न