‘ग्लोबल एनआरएन सिंगिङ आइडल, प्रवासी नेपालीलाई देशको संस्कृतिसँग जोड्ने अवसर’ : महासचिव शर्मा

दोहा – गैरआवसीय नेपाली संघ (एनआरएनए) का महासचिव डा. हेमराज शर्माले ग्लोबल एनआरएन सिंगिङ आइडलको आयोजना गरिनु उदाहरणीय काम भएको बताएका छन् । शर्माले प्रवासमा आफ्नो कला, संस्कृति र संगीत बिर्सिंदै गएका नेपालीहरूलाई यस्ता कार्यक्रमले सिधै आफ्नो देशको संस्कृतिसँग जोड्ने धारणा राखेका छन् ।
गैरआवासीय नेपाली संघ मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलको विषयमा सम्पन्न छलफलमा महासचिव शर्माले प्रवासमा बस्ने नेपालीहरूमा देशप्रतिको हुटहुटी बढी हुने बताएका हुन् ।
‘ग्लोबल एनआरएन सिंगिङ आइडलले प्रवासी नेपालीहरूमा उत्साह थपेको छ, यो प्रतियोगिताले विभिन्न देशमा छरिएर रहेका नेपालीहरूलाई एकपटक आफ्नै कला, संस्कृति र संगीतसँग नजिक ल्याउनेछ,’ शर्माले भने ।
ग्लोबल एनआरएन सिंगिङ आइडलले प्रवासी नेपालीलाई नेपालसँग सम्पर्क गराउन मद्दत गर्ने धारणा शर्माले व्यक्त गरेका छन् । त्यस्तै, गैरआवसीय नेपाली संघले यस प्रतियोगितालाई केन्द्रमा राखेर प्राथमिकताका साथ हेरिरहेको उनले बताए ।
‘गैरआवसीय नेपाली संघले यस प्रतियोगितालाई प्राथमिकताका साथ हेरिरहेको छ, प्रस्ताव आउनेबित्तिकै माथिल्लो तहमा कुरा गरेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं,’ शर्माले भने, ‘यो संघकै कार्यक्रम हो, आयोजक एनआरएन मध्यपूर्व युवा विभाग हो, हामीले आवश्यक सरसहयोग पनि गरिरहेका छौं ।’
महासचिव शर्माले एनआरएनए नै आयोजकको साथमा रहेको प्रष्ट पारेका छन् । प्रतियोगितामा आफूले चिनेजानेका नवोदित युवा गायकहरूलाई मात्रै पठाउन सकेमा पनि ठूलो सहयोग हुने र त्यसका लागि सबै जनाले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्ने शर्माले बताए ।
‘प्रतियोगिता सफल बनाउन सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ, पहिलो संस्करण भव्यरुपमा सफल भएमा आगामी संस्करणहरू आयोजना गर्न थप उर्जा प्राप्त हुनेछ,’ शर्माले भने, ‘डिटिजल अडिशनका लागि ३ दिनको समय बाँकी छ। म एनसिसी, आइसिसिका साथीहरूलाई धेरै युवालाई सहभागी गराउन पहल गर्न आग्रह गर्दछु ।’
नेपालबाट एनआरएनलाई हेर्ने दृष्टिकोण र यहाँको वास्तविकता फरक भएको बताउँदै शर्माले देश बाहिर गएपछि देशको कला, संस्कृतिको माया अझ बढ्ने उल्लेख गरेका छन् ।
‘नेपाल बाहिर बस्दा नेपालको महत्त्व धेरै हुन्छ, प्रवासमा नेपालको हिमाल, पहाड, संगीत र संस्कृतिले मन नै अर्को बनाउँछ, छुट्टै आनन्द मिल्छ,’ शर्माले थपे, ‘हामी प्रवासमा रहेर नेपालको संस्कृति जोगाउन लागिपरेका छौं, गायन कलामा रुची भएका सबै प्रवासी नेपालीहरूलाई सहभागी हुनुहोस्, यो तपाई–हाम्रै कार्यक्रम हो ।’
महासचिव शर्माले यो उदाहरणीय प्रतियोगिताले पूर्णरुपमा सफल हुने विश्वास व्यक्त गरेका छन् । प्रवासी नेपालीलाई आफ्नो देशको मौलिकता र संगीतमा जोड्ने काम गर्न सिंगिङ आइडलको आयोजना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै शर्माले मध्यपूर्व क्षेत्रीय विभागका संयोजक राज रेग्मी र सम्पूर्ण आयोजक टोलीलाई धन्यवाद पनि दिएका छन् ।
क्याटेगोरी : कला/साहित्य, ग्लोबल
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस