‘ग्लोबल एनआरएन आईडल सेकेण्ड जेनेरेशन’ को सारेगम राउण्ड–२ सम्पन्न, संघका सस्थापक डा. महतोले गरे सम्बोधन

काठमाडौं – गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् मध्यपूर्व क्षेत्रीय युवा समितिको आयोजनामा भइरहेको ‘ग्लोबल एनआरएन आईडल सेकेण्ड जेनेरेशन’ को सारेगम राउण्ड–२ संघका संस्थापक एवं संरक्षक डा. उपेन्द्र महतोको प्रमुख आतिथ्यतामा रुपमा सम्पन्न भएको छ ।
संघका मध्यपूर्व युवा संयोजक एवं आयोजक राज रेग्मीको सभापतित्वमा सम्पन्न कार्यक्रम संघका मध्यपूर्व उप-संयोजक मनोज कुमार श्रेष्ठ गोर्खालीको स्वागत मन्तव्यबाट शरु भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. महतोले प्रस्तुतिहरू सुन्दै जाँदा आफू भावुक बनेको बताए। उनले भने, ‘हामी नेपाललाई समृद्ध बनाउने हो भने भौतिक विकासले मात्र होइन, कला संकृति र सभ्यतालाई समेत सुरक्षित र सम्वर्धन गर्न जरुरी छ। मलाई विश्वास छ मध्यपूर्वले जसरी यस कार्यक्रमका माध्यमले संसारलाई नेपाली कलासंग जोड्ने प्रयास गरेको छ, यसले समृद्ध राष्ट्रको परिकल्पना साकार पार्ने छ ।’
संस्थापक अध्यक्ष डा. महतोले नेपाली कला र संस्कृतिप्रति प्रतिवद्ध नयाँ पुस्ताका नेपालीहरू संसारभर बाट जोडिएको देख्दा आफु निकै हर्षित भएको पनि बताए ।
कोरोना महामारीका कारण भर्चुअलरुपमा आयोजना गरिएको प्रतियोगितामा विभिन्न प्रतियोगिहरुले ट्रयाकमा गीत गाएका थिए ।
अन्तरा राउण्डबाट आएका ४० जनाले प्रतिस्पर्धा गरेपछि अन्तिम ३० जनाको नाम गाला राउण्डका लागि सार्वजनिक गरिएको छ । गाला राउण्डको प्रस्तुति अगष्ट ६ तारिखमा हुने छ । त्यतिबेला प्रस्तुति र भोटिङका आधारमा ५ जना बाहिरिने छन् । दोस्रो गाला राउण्डमा २५ जनाले प्रतिस्पर्धा गर्दा त्यहाँबाट पनि ५ जना बाहिरिने छन् ।
तेस्रो चरणको गाला राउण्डबाट पनि ५ जना बाहिरिए पछि १५ जनाले सेमि फिनालेमा प्रवेश पाउने गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक एवं कार्यक्रमका मुख्य सपोर्टर प्रविण गुरुङले जानकारी दिए ।
नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा रहेका नेपाली सांगितिक प्रतिभाहरुको पहिचान र प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो प्रतियोगिता आयोजना भै रहेको छ ।
कार्यक्रमको फाइनललाई पनि तीन चरणमा विभाजन गरिएको आयोजक समितिका संयोजक राज रेग्मीले जानकारी दिए । उनका अनुसार फाइनलमा १५ बाट १० हुँदै अन्तिम पाँचले ग्राण्ड फिनालेमा प्रवेश पाउने छन् ।
ग्राण्ड फिनाले भने नेपालको कुनै एक टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने लक्ष्य लिइएको छ । आइडलको उपाधि जित्नेले नगद सात लाख रुपैयाँ पाउँदा दोस्रोले चार लाख, तेस्रोले तीन लाख, चौथोले एक लाख र पाँचौं हुनेले ५० हजार प्राप्त गर्ने छन् ।
कार्यक्रममा संघका प्रवक्ता डीबी क्षेत्री, अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठी, मध्यपूर्व संयोजक एवं कार्यक्रमका प्रमुख सपोर्टर प्रवीण गुरुङ, एसिया प्यासिफिकका क्षेत्रीय उप संयोजक खगेन्द्र न्यौपाने, मानार्थ परिषद सदस्यहरू नरेन्द्र भाट, विमल सुवेदी र यस्मीन वेगम, एनसीसी कतारका अध्यक्ष मोहम्मद मुक्तादा मुसलमान, एनसिसि साउदीका अध्यक्ष तेज बहादुर थापा, एनसीसी बहराइनकी अध्यक्ष लक्ष्मी गिरि, सेलेब साथी का अध्यक्ष राजेश श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए।
गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्त प्रमुख सल्लाहकार एवं आयोजक क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङको मुख्य सहकार्यमा आयोजना भै रहेको यो कार्यक्रममा गायक उदय सोताङ, गायिका सुनिता दुलाल, गायक विजय लामा र प्राश्ना शाक्य निर्णायकको भूमिकामा रहेका छन् ।
स्पोर्ट्स एकेडमीका सदस्य सचिव तथा कार्यक्रमका सपोर्टर धर्म राज गरीद्वारा भोट अफ थ्यांक्स दीइएको कार्यक्रममा प्रमुख होष्ट विवेक खतिवडा, एनसीसी कतारका महासचिव पदम गिरी तथा मिडिया संयोजक एवं दीपसंचार मिडियाका प्रधान सम्पादक दिपजंग शाहले कार्यक्रमको सहजीकरण गरेका थिए।
क्याटेगोरी : ग्लोबल, मनाेरञ्जन
ट्याग : #breaking, #hot, #nepali song
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस