एनआरएनए पोर्चुगलको बरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ ( सिवानी)को उम्मेदवारी

पोर्चुगल (जिएनएन) – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्व परिषद पोर्चुगलका वर्तमान उपाध्यक्ष सीता श्रेष्ठ ( सिवानी) ले सोहि एनसीसी पोर्चुगलको बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएकि छिन।
नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष समेत रहेकी शिवानीले प्रवासी नेपालीको हक हितका क्षेत्रमा मात्र होइन, नेपालमा हुनेगरेका विविध विपत्तिमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन।
एनआरएनए एनसीसी पोर्चुगलको वर्तमान उपाध्यक्ष रहेकी शिवानी भन्छिन, “यस 2021-23 कार्यकालको लागी बरिष्ठ उपाध्यक्ष पदमा अत्यधिक भोटले विजयी गराई दिनु हुन सम्पूर्ण पोर्तुगल बासी आदरणीय दिदीबहिनी दाजुभाईहरुलाई हार्दिक अनुरोध गर्दछु”
नेपाली नारी समाज पोर्चुगलकी अध्यक्ष शिवानी बिगत लामो समयदेखि पोर्तुगलमा आफ्नो कर्मथलो बनाई विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आएकी छिन् ।
शिवानीले आफु विजयी भएपछी नेपाली हरुलाई एक ढिक्का बनाउनुको साथै एनआरएनएका गतिविधीलाई विभिन्न क्षेत्रमा विस्तार गर्दै सबै क्षेत्रमा नेपाल र नेपाली समुदायको मनोभावना बुझेर काम गर्न एनआरएनए पोर्तुगलको बरिष्ठ उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको बताएकी छिन।
श्रेष्ठले एनआरएनए पोतुगलमा मेरो बरिष्ठ उपाध्यक्ष पदको उम्मेदवारी किन र केको लागि सबैले बुझन जरुरी रहेको बताईन। संघमा आर्थिक पारदर्शिताको लागि र संघको आर्थिक पक्षलाई सबल बनाऊने कोष अभिवृद्धि गरी आफुले विविध कार्यक्रम गर्न र नेपालमा विभिन्न समयमा हुने प्राकृतिक प्रकोप तथा बिपदमा सक्दो सहयोग गर्ने प्रतिबद्दता समेत व्यक्त गरिन ।
एनआरएनए पोर्चुगललाई राजनीतिबाट मुक्त राखी अप्रवासी नेपालीहरूको हकहितका लागी आफु सदैब सक्रिय रही समस्यामा परेकोलाई सहयोग तथा उदार गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विभिन्न सामाजीक संघ संस्थामा आवद्ध तथा लामो समयदेखि पोर्चुगलमा काम गर्दै आएकी शिवानी हरेक नेपाली हरुको समस्यालाई समाधान गर्दै सबैको मन मस्तिष्कमा बस्न सफल भएकी छिन्।
नेपाली श्रमिक, विद्यार्थी, व्यापारीहरुको, हकहितको लागि यहाँको सरकारी र गैरसरकारी संघ–संस्थासँग कुटनैतिक पहल गर्ने प्रतिबद्धता सँगै पोर्चुगल बासी नेपालीहरुलाई निर्वाचनमा बरिष्ठ उपाध्यक्ष पदमा आफुलाई अमुल्य मतको लागि शिवानीले अपिल समेत गरेकी छिन ।
क्याटेगोरी : ग्लोबल, यूरोप
ट्याग : #breaking, #hot
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
- दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
तपाईको प्रतिक्रिया दिनुहोस