जीविकोपार्जनका लागि बाख्रा वितरण

दाङ, लमही नगरपालिका वडा नम्बर ३ बनगाउँका लिलबहादुर डाँगि अहिले दंग छन् । वडा नम्बर ३ को वडा कार्यालयले जीविकोपार्जन कार्यक्रम अन्तर्गत अनुदानमा वितरण गरेको बाख्रा पाएपछि उनी दंग भएका हुन् । वडा कार्यालयले वडा अन्तर्गत ३६ घरधुरी प्रतिव्यक्ति सोह्र हजार मुल्य बराबरको दुईवटा उन्नत जातको बाख्रा अनुदानमा वितरण गरेको छ । असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अनुदानमा बाख्रा वितरण गरेको हो ।
प्रत्येक वडाको वार्षिकरूपमा असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई समृद्ध बानाउने योजना रहेको र आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले बताए ।
कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख कसलबहादुर केसीले एकल जीवन बिताउँदै आएका असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलाई अरु सरह नै निर्धक्कका साथ समाजमा व्यवसाय गरेर आत्मनिर्भर बन्न आग्रह गरे । नगर प्रमुख केसीले नगरपालिकाले असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई एकताबद्ध गराउन नगर स्तरिय समिति गठन गरेर विभिन्न आयमुलक कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराए ।
कार्यक्रममा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासेले अनुदानमा वितरण गरिएको बाख्राको राम्रोसंग पालपोषण गरी छिट्टै नै उत्पादन लिन आग्रह गरिन् । वडा नम्बर ३ को वडा कार्यालयको विनियोजित वडाको ५ लाख २५ हजार वजेटबाट ३ लाख मुल्य बराबरको बाख्रा र २ लाख २५ हजार मुल्य बराबरको कोइराल, बडहरा र बकेनाको घाँस अनुदानमा वितरण गरिएको वडा कार्यालयले जनाएको छ । एकल असाय, अशक्त, अपाङ, न्यून स्तर भएका एकल महिला र अति विपन्न घर परिवारलार्ई लक्षित गरी वडाले गरेको कामप्रति धन्यवाद लिलबहादुर डाँगिले व्यवसायिक तवरबाट बाख्रा पाल्ने बताए ।
बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाई खर्च चलाउने सोँच बनाएको लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ निवासी धनिराम चौधरीले बताए । वडाले कृषि र पर्यटक क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न अनुदानका कार्यक्रमहरु गरिरहेको छ । महिला समुहलाई समुहमा तरकारी खेती गर्न अनुदान रकम सहयोग जस्ता कार्यक्रमले यहाँका कृषकलाई व्यवसायमा हौसला मिलेको छ ।
क्याटेगोरी : प्रदेश ५
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस