एनआरएनए सचिव पदको उम्मेदवारी संगै मध्यपूर्व संयोजक गुरुङ भेटघाटमा व्यस्त

चितवन – गैरआवासीय नेपाली संघ (एनआरएन)को आगामी अक्टोवर तेस्रो साता हुने १० औं महाधिवेशनमा अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक प्रवीण गुरुङले सचिव पदमा उम्मेदवारी दिए संगै भेटघाटमा तिब्रता दिएका छन्।
गैरआवासीय संघमा रही गरेको लामो अनुभव र छोटो समयमा गरेको उदाहरणिय कामले सबै तिर चर्चा पाएका गुरुङ यतिबेला आफ्ना शुभ चिन्तकहरूको शुभेक्षा लिनमा आफू व्यस्त रहेका हुन् ।
दीप संचार मिडिया संगको संक्षिप्त कुराकानीमा गुरुङले भने, ‘संसार भरबाटै मैले विशेष साथ र समर्थन पाएको छु त्यसैले शुभेक्षा लिन र प्रत्यासी साथीभाई अग्रजहरूलाई शेभेक्षा दिन व्यस्त छु, तर त्यो भन्दा पनि यो १० औं अन्तर्राष्ट्रिय महाधिवेशनलाई मर्यादित र एतिहासिक बनाउनु पर्छ, सबैको भावाना समेट्नु पर्छ भन्ने उदेश्यले विशेष छलफल र सहकार्यमा लागेको छु।”
गुरुङ्गले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा आफू पुगेको बताउँदै गुरुले भने, “गैरआवासीय नेपाली संघमा संस्थागत स्थायित्व र विकास मेरो उम्मेदवारीको एजेन्डा रहेको छ।”
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व संयोजक गुरुङले भुकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगाएत विभिन्न दैविक प्रकोपको बेला स्वयम उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थाई–स्थाई बासस्थान, खाध्यान्न लगायत विभिन्न राहत सामाग्री वितरण गरेका थिए ।
भुकम्पका कारण क्षतविक्षत भएको बुदसिंङ्ग लगाएत गोरखा जिल्लाका विभिन्न क्षेत्रमा अस्थाई बासस्थान, खाध्यान्न, स्वास्थ्य सामाग्री आदी वितरण गरेको तथा गैरवासीय नेपाली संघले शुरुवात गरेको लाप्राक बस्ती ५ सय ७३ भवनसहितको स्थाई बासस्थान निर्माणका भुमिका निर्वाह गरे ।
बारा–पर्सा लगाएतका जिल्लामा हावाहुरीको घरवहार विहिर भएकालाई मध्यपूर्व र मलेशियाको संयूक्त नेतृत्वमा ३०० घरधुरीलाई अस्थाई बसोबास, खाध्यन्न, स्वास्थ्य सामाग्री अत्यावश्यक वस्तुहरुको व्यवस्था गरको थिए।
बाढीपहिरोका कारण सिन्धुली लगाएत तराईका विभिन्न क्षेत्रमा भएको छतिलाई राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका केहि मनकारी ज्यूहरुको सहयोगमा १५० भन्दा धेरै घरधुरीलाई खाध्यान्न, लत्ताकपडा, स्वास्थ्य सामाग्री तथा अस्थाई बासस्थानको व्यवस्था गर्ने लगाएत विविध मानविय कार्यमा निकै अग्रसरता देखाएका थिए । त्यसैगरी एनआरएनएको ईतिहासमा पहिलो पटक नेपालको आठौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा सहभागिता हुने अवसर पाएको थियो ।
विभिन्न खेल, कला साहित्य तथा नेपाली संस्कार र संस्कृतिको संरक्षण, सम्बर्धन तथा प्रर्वद्धनमा प्रत्यक्ष सहभागि भएका थिए ।
अनेपेक्षित रुपमा श्रृजना भएको कोभिड १९ को विषम परिस्थितिलाई समेत कुनै प्रवाह नगरी नेपालका अधिकांश निम्न वर्गलाई प्रतिनिधित्व गर्ने नेपाली समुदायहरुको मुख्य गन्तव्यका रुपमा रहेको मध्यपूर्वलाई नेतृत्व गर्दै गम्भिरता पूर्वक मध्यपूर्वमा संयोजकमा नेपाल कोरोना कहरबाट प्रताडित भएका मध्यपूर्वका २० लाख नेपाली समुदायमा मल्हम पट्टि स्वरुप स्थानीय विभिन्न निकायसंग समन्वय गरी खाध्यान्न वितरणदेखि स्वेदश फिर्तिका लागि हवाई टिकट तथा रोजगार परिर्वन एवं व्यवस्थापनमा समेत सकृय थिए ।
त्यतिमात्र नभई मध्यपूर्वमा वर्षौ देखि अलपत्र नेपाली शवहरु, कोमा मा रहेका वेवारिसे विरामीहरुलाई समेत स्वेदेश फिर्ती एवं व्यवस्थापन गरी घर परिवार तथा आफन्तहरुको पिडामा मल्हम पट्टि लगाउने काम गरे ।
कोभिड १९ को दोस्रो भेरिएण्टले नेपालमा एक्कासी महामारीको रुप लियो र अक्सिजिन लगाएत सामान्य स्वास्थ्य सामाग्रीहरुको अभावमा हजारौंको संख्यामा नेपालीको अकालमा मृत्यूवरण भएका मध्यपूर्वका ५ सय ६० थान, ४० लिटर क्षमताका अक्सिजन ग्याँस सिलिण्डर लगाएत विविध स्वास्थ्य सामाग्रीहरु नेपालमा पठाएका थिए ।
नेपाली कला र संस्कृतीलाई संरक्षण, सम्बर्धन तथा दोस्रो पुस्ताका गैरआवासीय नेपालीहरुमा नेपाली भेषभुषा, कला संस्कृती हस्तान्तरण हुन पर्छ भन्ने मेरो दृढ संकल्पलाई मुर्तरुप दिन भ्वाईस अफ नेपाल, नेपाल आईडल, बुकीबुकी जस्ता नेपालकै ईतिहाँसमा पहिलो पटक शुरुवात भएका ‘रियालिटी शो’ हरुलाई मध्यपूर्वमा प्रत्यक्ष सञ्चालन गरे ।
तस्वीरमा गुरुङ
गुरुङ को अपिल जस्ताको त्यस्तै
हार्दिक अपिल
साथै २०२१—२०२३ कार्यकालका सम्पूर्ण पञ्जिकृत सदस्यहरुमा आफ्नो क्षेत्रको एनसीसीको कार्यकाल सफल बनाउन आ—आफ्नो ठाँउबाट सहयोग गर्नुहुनेछ भन्नेमा पूर्ण आशा व्यक्त गर्दै दशौं अन्तर्राष्ट्रिय महाधिवेशनका सम्पूर्ण महाधिवेशन प्रतिनिधीहरुमा विश्व सम्मेलन तथा महाधिवेशन सफल बनाउन यहाँहरुको सक्रिय र शसक्त भुमिका रहनेमा विश्वस्त छु ।
क्याटेगोरी : ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस