गृहपृष्ठ ∕ समाचार ∕ अफगानिस्तानबाट अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता, २० वर्षे युद्ध समाप्त अफगानिस्तानबाट अमेरिकी सैनिकको अन्तिम टोली फिर्ता, २० वर्षे युद्ध समाप्त दीप संञ्चार भदौ १५, २०७८ गते ७:४७ मा प्रकाशित एजेन्सी – अमेरिकाले अन्ततस् अफगानिस्तान छाडेको छ । अन्तिम अमेरिकी सैन्य विमानले काबुल विमानस्थल छाडेसँगै रक्षा मन्त्रालय, पेन्टागनले अफगानिस्तानमा अमेरिकाको २० वर्षे युद्ध आधिकारिक रुपमा अन्त्य भएको घोषणा गरेको छ ।अफगानिस्तानमा सत्ता कब्जामा लिएको तालिवानले देश छोड्न अमेरिकालाई ३१ अगस्ट अर्थात आजसम्मको समय दिएको थियो । अमेरिकी सेनाले समयसीमाको एक दिन अघि नै काबुल छोडेको हो । अमेरिकी सैनिकको अन्तिम विमान सोमबार राति काबुलबाट उडेको थियो । यो विमान उडेसँगै अफगानिस्तानमा दुई दशक लामो अमेरिकी सैन्य उपस्थिति अन्त्य भएको हो ।अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानमा सैन्य अभियान अन्त्य भएको घोषणा गरेका छन् । उनले वक्तव्य जारी गर्दै तालिवानले काबुल नियन्त्रणमा लिएपछिको १७ दिन अमेरिकी सेनाले अमेरिकी इतिहासकै सबैभन्दा जोखिम अभियानलाई सफलतापूर्वक सम्पन्न गरेको बताए ।अमेरिकी सेनाले काबुल छोडेसँगै तालिवानी लडाकुले विमानस्थलभित्र प्रवेश गरेर जितको खुसियाली मनाएका छन् ।युएस सेन्ट्रल कमाण्डका कमाण्डर जनरल केनेथ मेकेन्जीले पछिल्लो १७ दिनमा अमेरिकाले ६ हजार अमेरिकी नागरिकसहित काबुलबाट ७९ हजार मानिसको उद्धार गरेको बताएका छन् ।अमेरिकाले ११ सेप्टेम्बर २००१ मा अफगानिस्तानमा तालिवानविरुद्ध सैन्य अभियान सुरु गरेको थियो ।क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित)नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट दाङ देउखुरी सेवा समाजको ‘तीज विशेष’ कार्यक्रम तयारी अन्तिम चरणमा, पुगिन गायिका केसी कतारमा आयुषा मेकअप सैलुन र अल दाना सेन्टरको संयूक्त आयोजनामा तिज विशेष कार्यक्रम सम्पन्न गाईजात्रा २०८१ बसी-बियालो साथमा चटक (भिडियोसहित) कान्त ओलीको नयाँ गीत ‘गोधुलीमा’ सार्बजनिक (भिडियो सहित) गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन