गृहपृष्ठ ∕ राजनीति ∕ गगनकुमार थापा पौडेल समुहमा गगनकुमार थापा पौडेल समुहमा दीप संञ्चार भदौ १७, २०७८ गते २०:११ मा प्रकाशित काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापा रामचन्द्र पौडेल कित्तामा उभिएका छन् ।बिहीबार पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका नेता यसअघि महाधिवेशनमा कृष्णप्रसाद सिटौलाको क्याम्पबाट लडेका थिए ।केही दिनअघि मात्र आसन्न नेपाली काँग्रेसको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापा पौडेल समूहको पत्रकार सम्मेलनमा उपस्थित हुनुलाई अचम्मका रुपमा हेरिएको छ ।यसअघि महामन्त्री पदमा उम्मेदवार घोषणा गरेका थापाले आफू-कुन समूहमा लागेको खुलाएका थिएनन् ।पौडेल समूहले आज एकताको सन्देश दिनका लागि पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ । पौडेल समूहले पार्टी सभापति शेरबहादुर देउवालाई चुनौती दिन कसरत गर्दै आएको छ। १३ औं महाधिवेशनमा सँगै चुनाव लडेका नेताहरु शशांक कोइराला, अर्जुन नरसिंह केसी र गगन थापा एकै ठाउँमा उभिएर देउवालाई कडा संदेश दिएका हुन्।यस्तै, महामन्त्रीका लागि प्रधानमन्त्री तथा पार्टी सभापति देउवा समूहबाट गृहमन्त्री बालकृष्ण खाँड र नेता प्रकाशशरण महतबीच को उठ्ने भन्ने बारेमा प्रतिस्पर्धा चलिरहेको छ।देउवाले खाँडलाई गृहमन्त्री बनाएपछि महतलाई अगाडि ल्याउन खोजिरहेका छन्। तर, खाँडले भने मानेका छैनन । उनी जसरी पनि महामन्त्री बन्ने दाउमा छन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारयुएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मतसरकारबाट बाहिरिए उपेन्द्र यादव धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ताजा अपडेट नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न कान्त ओलीको नयाँ गीत ‘बिहानी नहुदै’ सार्बजनिक (भिडियो सहित) पर्वत समाज कतारको सातौ अधिबेशन हुदै नेपाली श्रमिकहरूको मुख्य समस्या पासपोर्ट नवीकरणको रहेकोले त्यसको समाधान गर्न दूतावास लागी परेको छ :राजदुत पौडेल अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय