गृहपृष्ठ ∕ राजनीति ∕ नेपालनिकट जनवर्गीय संगठनहरुले भने, ‘एमसीसीको घोर विरोध गरौं’ नेपालनिकट जनवर्गीय संगठनहरुले भने, ‘एमसीसीको घोर विरोध गरौं’ दीप संञ्चार भदौ २१, २०७८ गते २०:१० मा प्रकाशित काठमाडौँ –सरकारले एमसीसी सम्झौता अघि बढाउने तयारी गरेपछि विभिन्न संघ संगठनहरुले विरोध गर्न आह्वान गरिरहेका छन्। सोमबार नवगठित नेकपा एकीकृत समाजवादी पार्टीका जनवर्गीय संगठनहरुले एमसीसी सम्झौताको घोर विरोध गर्न आह्वान गरेका छन्।सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले एमसीसी सम्झौता पारित गर्ने उद्देश्यले संसद अधिवेशन आह्वान गरेको र एमसीसी आयोजनाका उपाध्यक्ष फतेमा सुमारको हुने भनिएको नेपाल भ्रमणले थप सशंकित बनाएको भन्दै यसको जमेर विरोध गर्ने आग्रह गरिएको हो।‘त्यसैले हामी नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठनहरुको आज बसेको बैठकले एमसीसी पारित गर्न नहुने निष्कर्ष निकाल्दै देशको वर्तमान तरल राजनीतिक परिस्थिति, कोभिड महामारीबाट जनताहरु प्रताडित भएको अवस्था तथा देशभर बाढी, पहिरो लगायतका प्रकोपबाट जनधनको क्षति भइरहेको यस विषय परिस्थितिमा देशी विदेशी प्रतिक्रियावादी र साम्राज्यवादीहरुबाट हुन सक्ने षड्यन्त्रप्रति सजग हुन सम्पूर्ण जनसमुदायमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा अखिल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बास्कोटा, पेसागत महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल, मानव अधिकार एलाइन्सका संयोजक उषा पोखरेल, नेपाल ट्रेड युनियन महासंघका विष्णु लम्साल, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र युवा संघ नेपालका वरिष्ठ उपाध्यक्ष कान्ती बुर्लाकोटी छन्।क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा…युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयोग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसनमुख्यमन्त्री कार्कीले पाए विश्वासको मत धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा