काठमाडौँ –
डाक्टर सन्दूक रुईत र उनको टिम आँखा शिविर सञ्चालन गर्ने क्रममा दोलखा गएका थिए। तीनदिने शिविरबाट त्यस ठाउँका १६३ जना व्यक्ति लाभान्वित बनेका छन्। १६३ जना सबैको आ–आफ्नै कथा व्यथा थियो होला।
तर पनि सोही भीडमा रहेकी एक १० वर्षिया बालिकाको कथाले भने त्यहाँ उपस्थित सबैलाई भावुक बनाएको छ। १० वर्षीया बालिका हुन् जेसिका पौडल। उनको जन्मजातनै दुवै आँखामा मोतिविन्दु भएको थियो।
जन्मिएदेखि उनले धमिलो जिन्दगी बाँच्दै आएकी थिईन्। परिवारलाई आँखाको शल्यक्रिया गर्ने चाहना त नभएको होइन पैसाको अभाव र भोको पेटको अगाडी उनको आँखाले सधैं हार्नु पर्थ्यो।
परिवाको मिठो सपना देखेर जिसिकको बुवा बिष्णु विदेशिएका पनि थिए। गत वर्ष देखि कोरोना महामारीको कारण उनको सपना अधुरो नै रह्यो। गजिर नरहेपछि बाध्य भएर घर फर्किएका विष्णु त्यसपछि झनै चिन्तित बनेका थिए।
एकातिर घरपरिवारको जिम्मेवारी अर्कोतिर छोरीको त्यो अवस्था। छोरीको उपचार गर्न नसकेका लाचारी विष्णुलाई निकै पीडाबोध भएको थियो।
विष्णुकी छोरीले आँखा देखेको त्यो पल‘
डाक्टर रुईत र उनको टिमद्वारा जेसिकाको दुवै आँखाको शल्यक्रिया सफल भएपश्चात् त्यहाँ निकै भावविह्वल माहोल सिर्जना भएको थियो। जेसिकाले बाबा मैले राम्रोसँग देख्न थालेँ भन्नेबित्तिकै साथ उनका बाबु विष्णु रुदैँ चौरमा थचक्क ढले।
सायद यतिबेला उनी यो खुशीलाइ कसरी स्वीकार गर्ने भनेर सोच्दै थिएँ होलान्। उनी भगवानलाई धन्यवाद दिँदै थिए होलान्। साथै भगवान रुपी डाक्टर रूईतलाई पनि नमन गर्दै थिए होलान्।
यो भावविह्वल दृश्य देखिरहँदा त्यहाँ उपस्थित डाक्टर रुईत लगायत सबैका आँखा रसाएका थिए। यो घटना पश्चात् डाक्टर रुईतलाई सोधिएको थियो, ‘नानीको उपचार सफल भएकोमा हजुरलाई कस्तो लागिरहेको छरु’ ‘एउटा बुबाको आफ्नी छोरी प्रतिको असिम माया देखेर मैले यत्रो वर्ष गरेको कर्मले सार्थकता पाएको महसुस भइरहेको छ,’ उनले भने।
क्याटेगोरी : समाज