तालिबान प्रकरणमा बाइडेनले किन मानेनन् अमेरिकी सेनाको सुझाव ?

काठमाडौँ –
गत अगस्ट महिनामा अमेरिका अफगानिस्तानबाट पूर्ण रूपमा फर्कनुअघि आफूहरूले २,५०० जनाको एउटा सैन्य टोलीलाई त्यही कायम राख्नुपर्ने सुझाव दिएको अमेरिकाका दुई जना शीर्ष सैन्य जनरलहरूले बताएका छन्।
जनरल मार्क मिली र जनरल फ्रयाङ्क मखेन्जीले कङ्ग्रेसमा दिएको गवाही राष्ट्रपति जो बाइडनको भनाइसँग बाझिएकोजस्तो देखिएको छ।
उनले त्यस्तो सुझाव दिइएको स्मरण आफूसँग नरहेको जनाएका थिए।तीव्र गतिमा अघि बढ्दै गत अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता आफ्नो नियन्त्रणमा लिएको थियो।
अफगान सरकार छिट्टै ढलेको विषयले अमेरिकालाई आश्चर्यचकित पारेको जनरल मिलीले बताए। दुवै जनरलहरूले तालिबानले त्यति चाँडै सत्ता नियन्त्रणमा लिन सफल होला भन्ने अनुमान आफूहरूले नगरेको बताएका छन्।
जनरल मिलीले तालिबान अझै पनि आतङ्कवादी समूह रहेको र उसको अल कायदासँग सम्बन्ध कायमै रहेको बताउँदै अफगानिस्तानबाट आतङ्कवादी हमला हुनसक्ने विषयबारे सचेत गराएका थिए।
रक्षामन्त्री सहित दुईजना शीर्ष जनरलहरूलाई माथिल्लो सदन सिनेटको आर्मड सर्भीसेस कमिटीले मङ्गलवार सोधपुछ गरेको थियो।
अफगानिस्तानबाट अमेरिकाको फिर्ता हुने विषय निरीक्षण गरेका जनरल मखेन्जीले रिपब्लिकन सिनेटरहरूको प्रश्नको जवाफ दिने क्रममा आफूले २,५०० सेनाको सानो टुकडी अफगानिस्तानमा राख्न सुझाव दिएको बताए।
अगस्ट १९ मा एकजना पत्रकारलाई जवाफ दिने क्रममा बाइडनले आफूलाई त्यस्तो सुझाव दिइएको स्मरण नरहेको बताएका थिए।
जनरल मिलीले त्यस्तो सुझावमा आफू सहमत भएको बताए। तर उनलाई एकजना रिपब्लिकन सिनेटरले बाइडनको प्रतिक्रिया के ‘गलत बयान’ हो भनेर प्रश्न गर्दा भने उनले त्यसको सोझो उत्तर दिन मानेनन्।
ह्वाइटहाउसकी प्रवक्ता जेन साकीले पछि उक्त विषयलाई सम्बोधन गरेकी थिइन्।
उनले भनिन्, ‘राष्ट्रपतिले सेना लगायतको सल्लाहलाई महत्त्व दिन्छन्। तर त्यसको अर्थ यो होइन की उनले सधैँ त्योसँग सहमत हुन्छन्।’ – बिबिसी
क्याटेगोरी : अमेरिका
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
तपाईको प्रतिक्रिया दिनुहोस