एनआरएनए दिवसको अवसरमा स्पोर्टस एकेडेमी द्वारा खेलाडी सम्मानित

काठमाडौं – गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । सोही अवसरमा राष्ट्रिय खेलकुद परिषदका कार्यकारी सदस्य एकेन्द्र कुवर र राखेपका सदस्य सुवाश श्रेष्ठलाई समेत सम्मान गरिएको थियो ।
टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, जुडो र सुटिङ) मा ५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पारालिम्पिकमा एक मात्र खेलाडीका रुपमा पारा तेक्वान्दा खेलाडी पलेशा गोबद्र्धनले भाग लिएकी थिइन् । एथलेटिक्सबाट सरस्वती चौधरी, जुडोबाट सोनिया भट्ट, सुटिङबाट कल्पना परियार, पौडीबाट महिलामा गौरिका सिंह र एलेक्स शाह रहेका थिए ।
प्रशिक्षकमा एथलेटिक्साट सन्तोष श्रेष्ठ, जुडो प्रशिक्षक सूर्य नारायण श्रेष्ठ, पौडी प्रशिक्षक शंकर कार्की र सुटिङका प्रशिक्षक असिम यादव सम्मानित भएका हुन् । यस्तै पारालिम्पिक खेलाडी पलेशा र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भए ।
नेपालको राष्ट्रिय फुटबल टिम लाई राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा प्रसिद्ध पुराउन गरिएको योगदानको उचित मुल्यांकन गर्दै नेपाल फुटबल (ANFA) का अध्यक्ष कर्म छिरिङ ज्यु पनि सम्मानित भएका थिए।
खेलाडी तथा प्रशिक्षकलाई एनआरएनएका अध्यक्ष कुमार पन्त, कार्यक्रमका प्रमुख अथिती:संरक्षक तथा पूर्व अध्यक्ष भवन भट्ट,कार्यक्रमका सभापती मध्यपुर्ब उप-सम्योजक तथा खेलकुद प्रतिष्ठानका बेबस्थापन प्रमुख मनोज गोर्खाली लगायतले सम्मानित गरे । कार्यक्रममा वरिष्ठ खेल पत्रकार श्याम चित्रकार र निरन्जन राजवंशीलगायत विभिन्न खेलका खेलकर्मी तथा प्रशिक्षकहरु पनि सम्मानित भए ।
सोही अवसरमा उसु, जुडो, कराते र तेक्वान्दोका खेलाडीले आ आफ्नो खेल कौशल प्रदर्शन गरेका थिए ।
एनआरएनए स्पोर्टस् एकेडेमीले नवौं राष्ट्रिय खेलकुदको तयारीलाई मध्यनजर राख्दै निकट भविष्यमानै कराते प्रतियोगिता आयोजना गर्ने भएको एनआरएनए स्पोर्टस् एकेडेमीका सदस्य सचिब धर्म राज गिरीले बताए।
कार्यक्रमको सभाहलमा गैर आवासिय नेपाली संघका केन्द्रिय महिला उपाध्यक्ष रबिना थापा, सचिब आर.के.शर्मा,सह कोषाध्यक्ष लोक दाहाल, प्रबक्ता डि.बि.क्षेत्रि, आई.सि.सि.सदस्य द्वोय, कुल आचार्य,टि.बि.कार्की,एसिया प्यासिफिकका महिला सम्योजक अमृता थापा(कन्चन),मध्यपुर्बका युवा सम्योजक राज रेग्मी, आई.सि.सि.सदस्य प्रदिप न्यौपाने,एन.सि.सि.चाईनाका अध्यक्ष रोहित अग्रवाल,सस्थापक सचिब चिरन्जिबी ढकाल लगायत धेरै अभियन्ताहरुको सहभागिता थियो।
भर्चुयल जुमको माध्यमबाट नेदरल्यान्ड बाट आईसिसि युवा संयोजक हिमाल गुरुङ,कतार बाट मध्यपुर्ब संयोजक तथा स्पोर्ट्स एकाडेमिका ब्यवस्थापन मेनेजर प्रबिन गुरुङ,मकाउ बाट शान्तिदेबि अधिकारी र हङकङ बाट स्पोर्ट्स एकाडेमिका ब्यवस्थापन मेनेजर चेतन गुरुङले आफ्नो मन्तव्य राख्दै सम्मान ग्रहण गर्नुहुने अथितीजनहरुलाई हार्दिक बधाई साथ साथै नेपालीहरुको महानपर्व बडा दशैंको शुभकामना पनि दिएका थिए।
क्याटेगोरी : खेलकुद, ग्लोबल
ट्याग : #breaking, #hot, #NRNA
धेरै पढिएका
- १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान
- ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न
- ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
ताजा अपडेट
- नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
- एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख
- कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न
- नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै
- ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै
- प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
- शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा
तपाईको प्रतिक्रिया दिनुहोस