गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी चीन र रुसमा फेरि बढ्यो कोरोना संक्रमण, डरलाग्दो अवस्था आउन सक्ने चेतावनी दीप संञ्चार कात्तिक ७, २०७८ गते ६:४४ मा प्रकाशित काठमाडौँ –चीन र रुसमा फेरि एकपटक कोरोना संक्रमित बढ्न थालेका छन् । चीनमा शनिबार कुल ३८ नयाँ कोरोना भाइरसका घटनाहरु रिपोर्ट गरिएका छन् भने रुसमा पछिल्लो २४ घण्टामा ३७६७८ नयाँ संक्रमण देखिएका छन्।जहाँ शनिबार रुसमा भाइरसका कारण १ हजार ७५ जनाको ज्यान गएको छ, जुन महामारीको समयमा एकै दिनमा सबैभन्दा धेरै हो ।चीनको राजधानी बेइजिङमा शनिबार जम्मा ९ जना कोरोना संक्रमित थिए, जसलाई ध्यानमा राखी अधिकारीहरुले अनुसन्धान बढाउने र होटलमा बुकिङ प्रतिबन्ध लगाउने कदम चालेका छन्।बेइजिङमा सङ्क्रमित भेटिएका पाँच व्यक्तिहरू अक्टोबर १२ देखि अक्टोबर १५ सम्म भित्री मङ्गोलिया स्वायत्त क्षेत्र, निङ्जिया हुई स्वायत्त क्षेत्र र साङ्सी प्रान्तको यात्रा गरी अक्टोबर १६ मा बेइजिङ फर्किएका थिए। शहरी स्वास्थ्य आयोगका अनुसार संक्रमित भेटिएका अर्का एक जना संक्रमित व्यक्तिको सम्पर्कमा आएका थिए ।संक्रमणको मामलामा वृद्धिको पछाडि सांघाई बस्ने एक वृद्ध दम्पती जिम्मेवार छन् , जो सियान सहित धेरै शहरहरु गएका थिए र कोभिड -१९ बाट पीडित थिए। यसपछि अधिकारीहरूले दम्पतीको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गर्न थाले।तीन दिनभित्रै उनीसँग निकट सम्पर्कमा आएका सयौं व्यक्ति पत्ता लागेका थिए भने सँगै यात्रा गरेका पाँच जनामा पनि पछि संक्रमण देखिएको थियो ।हङकङको साउथ चाइना मर्निङ पोस्टको समाचार अनुसार यस अवधिमा धेरै सहरमा ठूलो मात्रामा अनुसन्धान गरिएको थियो । जहाँ जहाँ संक्रमित व्यक्ति गएका थिए, त्यहाँ चेकिङ कडा बनाइएको छ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारआठ देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशमा कसलाई गरियो…सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका रिचर्डको निधनकंगनालाई दियो भाजपाले लोकसभा चुनावको टिकटदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न