गृहपृष्ठ ∕ समाचार ∕ सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३ जनालाइ थप उपचारको लागी हेलिकोप्टरबाट कोहलपुर लगियो सल्यानमा भएको बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, ३ जनालाइ थप उपचारको लागी हेलिकोप्टरबाट कोहलपुर लगियो दीप संञ्चार कात्तिक २१, २०७८ गते १५:२४ मा प्रकाशित सल्यान – सल्यानमा आइतबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ज्यान गुमाउने मध्ये ९ जनाको शव जिल्ला अस्पताल सल्यानमा राखिएको छ भने ३ जनाको श्रीनगरमा राखिएको छ । ज्यान गुमाउने कसैको पनि परिचय खुलेको छैन । यस्तै घटनामा घाइते भएका मध्ये गम्भिर ३ जनालाई हेलिकोप्टर मार्फत कोहलपुर लगिएको छ ।अन्य केहि घाइतेहरुलाइ पनि थप उपचारको लागी हेलिकोप्टरबाट बाहिर पठाउने तयार भैरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाइले बताउनुभयो ।सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले आइतबार बिहान भएको ना २ ख २५५२ नम्बरको दुर्घटनामा परेको बस सडकबाट २ सय मिटर तल खसेको बताउनुभयो । बसमा ३६ जना यात्रु रहेको बताइएको छ ।सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरका लागी छुटेको आउँदै गरेको ;बस बिहान पौने ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।घाइतेहरूको तुलसिपुर, सल्यानको श्रीनगर र जिल्ल अस्पताल सल्यानमा उपचार भैरहेको छ । अस्पतालमा ठाउँ अभावका कारण उपचारमा समस्या भएको छ । घाइते मध्ये शानपा २ की २६ वर्षिय शिजन खान, भरतपुर दाङ की ३ वर्षिय रोजी वली, शानपा २ का ४९ वर्षिय टोपेन्द्र वली, तुलसिपुरकी २१ वर्षिया रूक्मिना घर्ति, तुलसिपुरका २१ वर्षिय भुवन डाँगी, शानपा २ का २६ वर्षिय रविन कुमार खान, हापुरे दाङकी २१ वर्षिय तिला वली, तुलसिपुर वेलवाका २१ वर्षिय विषण डाँगी, फलावाङकी २९ वर्षिया हिरा कुमारी वोहरा र लुहामका २१ वर्षिय पोषण गिरीको परिचय खुलेको छ ।उनिहरूको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन वाँकी छ ।क्याटेगोरी : समाचार, समाजट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारअन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमानेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न