Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारचीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ?

चीनले पाकिस्तानलाई दिएको अत्याधुनिक युद्धपोतले भारतलाई कति खतरा ?


काठमाडौँ –

भारत र चीनबीच लद्दाख सीमामा लामो समयदेखि बढेको बिबाद अझै सुल्झन सकेको छैन।

भारत र चीनबीच तनाब बढ्दै गइरहेको बेला चीनले भने पाकिस्तान र अफगानिस्तान कब्जा गरेको तालिवानसँग हात बढाएको छ। भारतीय मिडियाको एक रिपोर्टका अनुसार आधुनिक कूटनीतिको युगमा यदि कुनै देशले अर्को देशलाई हतियार उपहार दिन्छ भने त्यो प्रायः मित्रता होइन रणनीति मात्र हो ।

चीनले पाकिस्तानलाई अग्रिम र उच्च प्रविधियुक्त युद्धपोत दिएको छ । चीनले यो युद्धपोत सबैभन्दा ठूलो र प्राविधिक रूपमा अत्याधुनिक युद्धपोत भएको दाबी गरेको छ ।

तर, चिनियाँ सामानको ग्यारेन्टी नभएको भारतीय मिडियाले दाबी गरेका छन्। प्रश्न उठ्छ किन रु यसमा भारतसँग प्रतिस्पर्धा गर्ने रणनीति छ ?

यसलाई भारतको कोणबाट कस्तो चुनौती मान्नुपर्छ रु यसलाई भारतीय सुरक्षा विज्ञहरुले चीनले आफुलाई बलियो देखाउन अपनाएको एक रणनीतिका रुपमा मात्र लिएका छन्।

ग्लोबल टाइम्सका अनुसार सोमबार हस्तान्तरण गरिएको उक्त युद्धपोत चाइना स्टेट शिपबिल्डिङ कर्पोरेशन लिमिटेड ९ऋक्क्ऋ० द्वारा डिजाइन गरिएको हो।

यो फ्रिगेट पाकिस्तानी नौसेनालाई सांघाईमा एक कमीशन समारोहमा हस्तान्तरण गरिएको थियो।

पाकिस्तानी नौसेनाले सोमबार पठाएको विज्ञप्ति अनुसार टाइप ०५४एरपी फ्रिगेटलाई पीएनएस तुघ्रिल नाम दिइएको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस