गृहपृष्ठ ∕ प्रदेश खबर ∕ प्रदेश ५ ∕ कपिलवस्तु र दाङका गाँउपालिका अध्यक्षद्वयको गाडीमा एकै रात अज्ञात समुहद्वारा आगजनी कपिलवस्तु र दाङका गाँउपालिका अध्यक्षद्वयको गाडीमा एकै रात अज्ञात समुहद्वारा आगजनी प्रिया स्मृती गजमेर साउन २६, २०७६ गते ९:११ मा प्रकाशित दाङ, कपिलवस्तु र दाङमा अज्ञात समुहले गाडीमा आगजनी गरेको छ ।दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष चढ्ने गाडी र कपिलवस्तुमा मायादेवी गाउँपालिका अध्यक्षको गाडीमाथि एकै रात आगजनी भएको छ ।दाङमा गएराति करिव १२:४५ काे समयमा अागजनि भएकाे हुन सक्ने अनुमान गरीएकाे छ । अगजनी बाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नस्ट भएकाे छ । गाडिमा लागेकाे अागाे ईलाका प्रहरी कार्यालय कमिरेचाैरबाट गएको प्रहरी प्रमुख गाेपाल प्रसाद शर्माकाे कमाण्डमा खटीएकाे प्रहरी टाेली र स्थानीयले नियन्त्रणमा लिएकाे शर्माले बताए ।बंगलाचुली गाँउपालिका वडा नं.५ काे कार्यालय प्राङ्गण मुर्कुटीमा पार्किङ गरि राखीएकाे गाडीमा अागजनी भएकाे गाउपालिकाका प्रेस सल्लाहकार जीवन नेपाली ले जानकारी दिएका छन ।त्यस्तै कपिलवस्तुमा मायादेवी गाउँपालिकाका प्रमुख बजरंगी चौधरी चढ्दै आएको गाडीमाथि आगजनी भएको हो । लु. १ झ ४०० नं. को सरकारी गाडीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।सदरमुकाम तौलिहवा स्थीत उनको भाडामा लिइएको निवास परिसरमा पार्किङ गरेर राखेको गाडीमा राती करिब साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको प्रहरीले जनाएको छ ।उक्त गाडीमा कसले र किन आगजनी गर्यो थाहा हुन नसकेको र घटनाको अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।गाडीमा आगजनी भएपछि कपिलवस्तु नगरपालिकाबाट गएको दमकलले आगो निभाएको थियो । आगजनीबाट गाडी जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।क्याटेगोरी : प्रदेश ५ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्तिछोराको शुल्क तिर्न मासिक ३ प्रतिशत ब्याजमा आमाको तिलहरी धितोराष्ट्रिय बाणिज्य बैंक घोराही शाखाद्वारा ‘वित्तीय साक्षरता कार्यक्रम’ सञ्चालनगुल्मीमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ८दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ताजा अपडेट नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै ठकुरी सहयोग सञ्जालको वनभोज आज गोकणेश्वरमा हुँदै, अधिकांश शाखाहरूबाट सहभागीता जनाईदै प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन शम्सेर सुनिता द्वारा निर्मित बम्बैको सारी बजारमा