Techie IT
×
गृहपृष्ठअन्तराष्ट्रिय समाचारअन्टार्टिकामा सफलतापूर्वक अवतर‍ण गर्‍यो विमान (भिडियो)

अन्टार्टिकामा सफलतापूर्वक अवतर‍ण गर्‍यो विमान (भिडियो)


काठमाडौँ

इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलतापूर्वक अवतरण गरेको छ । एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतर‌ण भएको हो ।

विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ ।

ए ३४०विमान नोभेम्बर २ मा अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो ।

विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलोपटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो । सो एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो ।

सफल अवतर‌‍णसँगै सो विमानलाइ यस मौसममा पर्यटकहरुले प्रयोग गर्नेछन् । विवरणअनुसार १९० टनको विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो ।


क्याटेगोरी : अन्तराष्ट्रिय समाचार


तपाईको प्रतिक्रिया दिनुहोस