Techie IT
×
गृहपृष्ठराजनीतिकांग्रेस महाधिवेशन : दुई हजार ८०९ मत खस्यो

कांग्रेस महाधिवेशन : दुई हजार ८०९ मत खस्यो


काठमाडौँ

नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि आज भएको मतदानमा दुई हजार ८०९ मत खसेको छ ।

कांग्रेसको मध्याह्न १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ५ः४५ बजेसम्म दुई हजार ८०९ मत खसेको मिडिया सेन्टरका संयोजक डा सुरेश आचार्यले जानकारी दिए ।

एक सय ३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेसले मतदान गर्नका लागि राष्ट्रिय सभागृहमा एक स्थान र भृकुटीमण्डपमा दुई स्थानमा मतदानको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : राजनीति


तपाईको प्रतिक्रिया दिनुहोस